२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नवलपरासीमा दुर्घटना हुँदा ६ जनाको मृत्यु, कम्तिमा २० जना घाइते

२०७६, ७ आश्विन मंगलवार ०३:२५

असोज ७, नवलपरासी | पूर्वपश्चिम राजगार्गअन्तर्गत नवलपरासीका विभिन्न तीन स्थानमा भएका सवारी दुर्घटनामा परी छ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी कम्तीमा २० घाइते भएका छन् । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीका अनुसार गएराति १०:१५ बजेको समयमा कावासोती नगरपालिकाको खरकट्टा जङ्गलस्थित पूर्वपश्चिम राजमार्गमा लु१ख ८५३२ नंको ट्रक र बा४१च ६४०९ नंको कार एकापसमा ठोक्किँदा कारमा सवार पाँचको मृत्यु भएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएका पाँचलाई उपचारका लागि भरतपुर अस्पतालमा पठाइएकामा अस्पतालले मृत्यु भएको घोषणा गरेको प्रहरी निरीक्षक अधिकारीले बताउनुभयो । मृत्यु हुने पाँचै जनाको नाम ठेगाना अझै खुल्न सकेको छैन ।

यस्तै नवलपरासीको मध्यविन्दु नगरपालिका–१० स्थित जङ्गलमा राति १ः४५ बजेको समयमा  दाङबाट काठमाडाँैका लागि छुटेको बस आफैँ अनियन्त्रित भई पल्टिँदा एक जनाको मृत्यु भएको छ भने कम्तीमा १५ घाइते भएका छन् । 

ना७ख ८६४२ नंको बस आफैँ अनियन्त्रित भएर पल्टिएको हो । बस पल्टिँदा मकवानपुर घर भएका बसचालक ३५ वर्षीय लक्ष्मण तिमिल्सिनाको मृत्यु भएको छ । दुर्घटनामा परी घाइते १५ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै