२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मझगाउँ विमानस्थल पुनः सञ्चालनका लागि काम सुरु

१ कार्तिक २०७६, शुक्रबार ०७:३३

कात्तिक १, कंचनपुर | कञ्चनपुरको भीमदत्तनगरपालिकामा दुई दशकदेखि बन्द रहेको मझगाउँ विमानस्थल पुनः सञ्चालनका लागि प्राविधिक टोलीले स्थलगत काम थालेको छ ।

विसं २०५६ देखि असुरक्षाका कारण उडान बन्द गरिएको उक्त विमानस्थल पुनः सञ्चालनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पहलमा रियलपात इञ्जिनीयरिङ कन्सलटेन्सीको पाँच सदस्यीय प्राविधिक टोली भीमदत्तनगर आएको हो । टोलीले बिहीबारदेखि काम थालेको प्राविधिक टोलीका प्रमुख इञ्जिनीयर गुणदत्त अधिकारीले जानकारी दिनुभयो । अध्ययनपछि मन्त्रालयमा प्रतिवेदन पेश गरिने उहाँको भनाइ छ । टोलीले विमानस्थलको पुराना भौतिक संरचना, हवाइमैदान, रन–वे, विमानस्थलको लम्बाइ÷चौडाइलगायत प्राविधिक र अन्य विषयको अध्ययन गर्नेछ । 

बहत्तर सिट क्षमता भएको जहाज सञ्चालनका लागि एक हजार ८८० मिटर लामो रन–वे आवश्यक पर्ने अधिकारीले बताउनुभयो । ठूला जहाज सञ्चालनका लागि ७० बिघा जमीन आवश्यक परे पनि मझगाउँ विमानस्थलसँग ६५ बिघा जमीन छ । विमानस्थलको शुक्लाफाँटा दक्षिणतर्फ रहेको राष्ट्रिय निकुञ्जको जमीन अधिग्रहण गर्न सकेमात्र विमानस्थल सञ्चालनमा ल्याउन सकिने बताइएको छ । रियलपात इञ्जिनीयरिङ कन्सलटेन्सीका इञ्जिनीयर गुरुदत्त अधिकारी, स्मरण भट्ट, सन्देश पौडेल, अविशेक बर्मा र सवइञ्जिनीयर सविन पौडेलको टोली यहाँ खटिएको छ । 

केही महीनायता विमानस्थल सञ्चालनका लागि दबाब दिँदै आएको मझगाउँ विमनास्थल पुनः सञ्चालन सङ्घर्ष समितिका संयोजक रमेश चन्दले विमानस्थल सञ्चालनका लागि सबैको हातेमालो आवश्यक रहेको बताउनुभयो । “हामीले यहाँका जनप्रतिनिधि र स्थानीय तह, नागरिक समाजसहितको प्रतिबद्धता लिएर केन्द्रमा प्रधानमन्त्रीसम्मलाई गुहा¥यौंँ”, उहाँले भन्नुभयो । विमानस्थल संरक्षण एवं सञ्चालनका निम्ति सहयोग पुगोस् भनेर यहाँको भीमदत्तनगरपालिकाले रु २० लाख बजेट चालू आर्थिक वर्षमा विनियोजन गरेको भीमदत्त नगरपालिकाका नगरप्रमुख सुरेन्द्र विष्टले जानकारी दिनुभयो । उहाँले विमानस्थल पुनः सञ्चालनका लागि प्रदेश र सङ्घीय सरकारमा समेत लगातार पहल गरिरहेको बताउनुभयो । झण्डै ६५ बिघा क्षेत्रफलमा फैलिएको मझगाउँ विमानस्थलको लम्बाइ एक हजार ६६५ मिटर र चौडाइ ५०० मिटर छ । 

सुदूरपश्चिम प्रदेशका उद्योग, वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलले विमानस्थलको लम्बाइ बढाउन सम्बधित निकाय र विभागसँग पहल गर्न सकिने बताउनुभयो । विमानस्थलको दक्षिणमा जग्गा अधिग्रहण गर्न शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँग समन्वय गर्न सकिने उहाँले बताउनुभयो । “विमानस्थलको जग्गा बढाउन पहल गछौंँ”, उहाँले भन्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा