१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

मुलुकको विकासका लागि सबै एकजुट हुनुपपर्छः नेता भट्ट

८ कार्तिक २०७६, शुक्रबार १२:४४

कात्तिक ८, भीमदत्तनगर | नेपाल कम्युनिष्ट पार्टीका स्थायी सदस्य लेखराज भट्टले मुलुकको विकासका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिनुभएको छ । 

नेकपा कञ्चनपुरले शुक्रबार भीमदत्तनगरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका नेता भट्टले निर्वाचनका बेला प्रतिष्पर्धी भए पनि विकासका सवालमा सहयात्री हुनुपर्नेमा जोड दिनुभयो । 

प्रतिपक्षी दल भनेको शत्रु नभई सही बाटो देखाउने मार्गदर्शक भएको नेता भट्टको भनाइ छ । “सत्तापक्षका राम्रा कामको प्रशंसा र कमजोरी भए बाटो देखाउने काम गर्नु प्रतिपक्षको दायित्व हो”, उहाँले भन्नुभयो, “यो संस्कृतिको विकास गर्दै लैजानुपर्छ ।”

उहाँले सुदूरपश्चिमको विकासका लागि एकजुट भएर नगए अझै धेरै पछि पर्ने धारणासमेत राख्नुभयो । 

सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहराले सुदूरपश्चिम प्रदेश सरकार विकासको गतिमा अगाडि बढेको बताउनुभयो । “विकास एकैदिनमा रातारात हुने विषय होइन”, उहाँले भन्नुभयो, “त्यसका आधार स्तम्भ तयार गरेर प्रदेश सरकार अगाडि बढिरहेको छ ।” उहाँले यही महीना यहाँ वित्तीय सम्मेलन र आगामी चैतमा सुदूरपश्चिममा अन्तर्राष्ट्रिय लगानी सम्मेलन गर्ने पनि बताउनुभयो ।

मन्त्री बोहराले प्रदेश सरकार कानून बनाउनतर्फ पनि अग्रसर रहेको उल्लेख गर्दै कानून निर्माणमा धैर्यता कायम गरौँ भन्नुभयो । उहाँले भन्नुभयो, “विधि र प्रक्रियाकै कारण ढिलाइ हुन्छ ।” 

नेकपा सुदूरपश्चिमका अध्यक्ष कर्ण थापाले सुदूरपश्चिम कुनै दृष्टिकोणले पछाडि नपरेको बताउनुभयो । यो प्रदेश जलस्रोत, जडीबुटीको अथाह सम्भावना बोकेको उल्लेख गर्दै उहाँले विशिष्ट भूगोलको रुपमा रहेको यो प्रदेशको विकासका लागि सबै एक जुट हुनुपर्ने आवश्यकता रहेको बताउनुभयो । 

“सुदूरको समृद्धिका लागि सबै हातेमालो गर्यौं”, उहाँले भन्नुभयो, “अब योजनासहित अगाडि बढ्नुपर्छ ।” 

कार्यक्रममा प्रतिनिधिसभा सदस्य डा दीपकप्रकाश भट्ट, नेकपा सुदूरपश्चिम प्रदेशका प्रमुख सचेतक तारा लामा तामाङ, प्रदेशसभा सदस्य लालबहादुर खड्का, मानबहादुर सुनार, पूर्वसांसद, नेपाली काङ्ग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता र स्थानीय तहका निर्वाचित नगर प्रमुख तथा उपप्रमुखलगायत नेताको उपस्थिति रहेको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण