Skip to content
Friday, July 17, 2026 Nepali Online Media

चितुवाको आक्रमणबाट बालकको मृत्यु

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>कात्तिक १२, दमौली&nbsp;।&nbsp;तनहुँको भानु नगरपालिका–२ फुस्रेटारमा चितुवाको आक्रमणबाट एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने सात वर्षीय ऋतिक रोका रहेका छन् ।</p><p>घरकै आँगनमा खेलिरहेका बेला चितुवाको आक्रमणमा परी सोमबार राति बालकको मृत्यु भएको तनहुँ जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिनुभयो । चितुवाले बालकको कम्मरमुनिको आधा भाग खाएको थियो । बालकको शव घरभन्दा १०० मिटरमाथिको जङ्गलमा भेटिएको थियो ।</p><p>मजदुरी गर्दै आएका मृतकका बुबा राजु&nbsp; विगत पाँच÷छ वर्षदेखि बेपत्ता भएको सोही नगरपालिकाका वडाध्यक्ष अर्जुनबहादुर केसीले जानकारी दिनुभयो । “घरमा कोही पनि नभएको अवस्थामा चितुवाले बालकलाई आक्रमण गरेर लगेको हुनसक्छ”, उहाँले भन्नुभयो, “बालक घरमा नभेटिएपछि खोजतलास गर्दा मृतावस्थामा फेला परेका थिए&nbsp; ।”सोमबार बिहान मात्रै सोही नगरपालिका–३ स्थित एक सामुदायिक वनमा थापिएको खोरमा परेर एक चितुवा नियन्त्रणमा आएको थियो । चितुवाको आक्रमणबाट वडा नं १, २, ३ र ४ मा डेढ वर्षको अवधिमा छ बालबालिकाको मृत्यु भइसकेको छ ।</p>