चौधरीको मृत्यु प्रकरणमा चार जना प्रहरी नियन्त्रणमा

साझासवाल
1 Min Read

<p>कात्तिक १३, कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–४ भाँसीका २२ वर्षीय अजय चौधरीको मृत्यु प्रकरणबारे प्रहरीले अनुसन्धानको प्रक्रिया अगाडि बढाएको छ । गत सोमबार साँझ महेन्द्रनगर बजारको भानुक चोकनजिकै रहेको पुष्पाञ्जलि गेष्ट हाउसको पाँचौँ तलाबाट खसेर चौधरीको मृत्यु भएको थियो ।</p><p>अनुसन्धानका लागि चौधरीसँगै गेष्ट हाउसमा रहेका विनोद खत्री, रमेश भट्ट, गेष्ट हाउसका सञ्चालकसहित एक जना युवतीलाई नियन्त्रणमा लिई सोधपुछको कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले बताउनुभयो ।&nbsp;</p><p>मृतकको शव परीक्षणको प्रतिवेदन अझै आएको छैन उहाँले भन्नुभयो, “शव परीक्षणको प्रतिवेदनका आधारमा कार्वाही प्रक्रिया अगाडि बढाइनेछ ।” चौधरीेको गेष्टहाउसको छतबाट खसेर मृत्यु भएको हो वा हत्या भएको भन्नेबारे अनुसन्धानपछि जानकारी हुने उहाँले बताउनुभयो । </p><p>सोमबार राति नौ बजे घरमा रहेका चौधरीलाई गेष्टहाउसबाट फोन आएपछि छिट्टै घर फर्कने भन्दै गएका थिए । त्यसको दुई घण्टापछि मृत्युको खबर आयो चौधरीका परिवारजनले नजाएको छ ।&nbsp;</p>

Share This Article
Leave a Comment

Leave a Reply