२०८३, ११ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेपाल बैंकर्स संघद्वारा सामाजिक सुरक्षा कोषमा सहभागी हुने प्रतिवद्धता व्यक्त

२०७६, २१ कार्तिक बिहीबार ०८:५८

कार्तिक २१, काठमाडौँ | नेपाल बैंकर्स संघले सामाजिक सुरक्षा कोषमा सहभागी हुने प्रतिवद्धता व्यक्त गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट र नेपाल बैंकर संघका पदाधिकारी बीच मन्त्रालयमा भएको छलफलमा सघले यस्तो प्रतिवद्धता जनाएको हो । 

सामाजिक सुरक्षा कोषका सन्दर्भमा केन्द्रित रहेर छलफल भएको हो । छलफलमा सरकारले थप गरेको समय भित्रै सबै बैंक तथा बैंकहरुमा कार्यरत कर्मचारीहरुलाई सामाजिक सुरक्षा कोषमा सुचीकृत हुन आग्रह गरिएको सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले जानकारी दिए । 


कोषका सन्दर्भमा देखिएका अस्पष्टता हटाउन तथा विभिन्न क्षेत्रबाट आएका गुनासाहरुलाई सम्बोधन गर्न सरकार सधै तयार रहेको भन्दै सबै बैंकहरुलाई कोषमा आवद्ध हुन श्रममन्त्रीले आग्रह गरेका थिए । संघले दोहोरो कर तिर्नुपर्ने बाध्यता रहेने भन्दै  त्यसलाई सम्बोधन गर्न श्रम मन्त्रीको पनि ध्यानाकर्षण गराएका छन् । जवाफमा श्रममन्त्रीले सरकारको तर्फबाट समस्या समाधानका लागि पहल गर्ने बताएका छन् ।

बैंकर संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगाना सहितको पदाधिकारी टोलीद्वारा कोषका विभिन्न स्किमहरु र तयार हुँदै गरेको लगानी कार्यविधीका बारेमा संघले राखेका जिज्ञासाहरुलाई प्रष्ट पारिएको ज्ञवालीले जानकारी दिए । कोषमा आवद्ध हुने बैंकहरुको संख्या न्यून रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो