२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

भारतीय विस्तारवादका विरुद्ध क्षत्री समाज पर्वतले वूझायो ज्ञापन पत्र

९ मंसिर २०७६, सोमबार ०२:०९


महेन्द्र केसी÷पर्वत । नेपाली भूमि कालापानी, लिपूलेक र लिम्पियाधुरालाई भारतले आफ्नो राजनीतिक नक्सामा पारेको विरोधमा क्षेत्री समाज पर्वतले सरकारको ध्यानाकर्षण गराएको छ । प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपाललाई ज्ञापनपत्र बुझाउँदै क्षेत्री समाजले तत्तकाल नेपाली भूमी फिर्ता गराउन सरकारलाई दबाब स्वरुप देशव्यापी रुपमा ज्ञापन पत्र बुझाएको हो ।क्षत्री समाजका अध्यक्ष कृष्णवहादूर क्षत्रीले प्रमूख जिल्ला अधिकारी कल्पना घिमीरे नेपालमार्फत प्रधानमन्त्री एवं मन्त्रीपरिषदको कार्यालयलाई ज्ञापनपत्र बुझाएको हो ।

क्षेत्री समाजले बुझाएको ज्ञापन पत्रमा लेखिएको छ – इतिहासको उषाकालदेखि नै नेपाल र भारत दुई छिमेकी मुलुक एक अर्कोमा सुमधुर सम्बन्ध पनि रहँदै आए पनि वेला वेला सिमा अत्रिक्रमण गर्दै आएको छ । नेपालको उत्तरी क्षेत्र बाहेक तीनतिर अर्थात् पूर्व, पश्चिम र दक्षिणी भू–भाग भारतीय सीमासँग जोडिएको भारतले तराइ क्षेत्र र पश्चिमी क्षेत्रको कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतका भू भागहरुमा भारतले सीमा अतिक्रमण गर्दै आई हाल आपनै नक्सामा नेपालको भूमी राखेको प्रति क्षत्री समाजको गम्भिर ध्यानआकर्षण भएको उल्ल्ेख गरिएको छ । भारत सरकारबाट प्रकाशित यो तथाकथित नक्सा हामी आम राष्ट्रवादी नेपालीहरुलाई मान्य छैन,यो आपत्तिजनक विषय भनि उल्लेख गरेको छ ।

यस्तो परिस्थितिमा नेपाल सरकार विज्ञप्ति जारी गरेर मात्र चुप लागेर बसेको प्रति आक्रोस पोख्दै सरकारले यथाशीघ्र कुटनीतिक माध्यमबाट वार्ता गरी हाम्रो भूभाग भारतीय नक्साबाट हटाउन जोडदार माग गरेको छ । । ऐतिहासिक तथ्यहरुले ती भूभागहरु नेपालको भूभाग भएको कुरा स्पष्ट हूदा हूदै पनि भारतीय विस्तारवादले अझै नेपालको भूमि नमिचिएको जिकीर गर्दा हास्यस्पद देखिएको छ । यदि यसमा ढिलासुस्ती हुन्छ र सरकारले खुट्टा कमाउँछ भने आफ्नो मातृभूमिको रक्षा एवं राष्ट्रिय अखण्डताका लागि हामी आम क्षत्रीहरु जुनसुकै कदम उठाउन पनि पछि पर्दैनौं भन्ने कुरा स्पष्ट पार्दै भारत सरकारको यस विस्तारवादी कदमप्रति घोर निन्दा एवं भत्र्सना गर्दै खेद प्रकट गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान