२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एम्नेस्टी इन्टरनेसनल नेपालद्वारा ‘राइट फर राइट्स् २०१९ अभियान’ सुरू

२०७६, १२ मंसिर बिहीबार ०९:११

मङ्सिर १२, काठमाडौँ । एम्नेस्टी इन्टरनेसनल नेपालले आजदेखि आफ्नो विश्वव्यापी अभियान राइट फर राइट्स २०१९ सुरू गरेको छ । हरेक वर्ष सञ्चालन हुने एम्नस्टी  इन्टरनेसनलको यो पत्र लेखन अभियानमा एम्नेस्टीका संसारभरीका सदस्य र समर्थकहरूले अधिकार उल्लङ्घनमा परेका वा अधिकार उल्लङ्घनको जोखिममा रहेकाहरूका लागि पत्र लेख्ने गर्दछन् ।

विश्वको सबैभन्दा ठूला सङ्कटहरूको विरुद्ध लडिरहेका बालबालिका र युवाहरूको पक्षमा यो वर्ष एम्नेस्टी इन्टरनेसनलले आफ्नो शक्ति लगाइरहेको जनाएको छ । धेरै युवा र बालबालिकाहरू वयस्कहरूले नेतृत्व गर्न नसकेका विषयहरूमा अग्रसर भएका छन् र अहिले आफ्नो वकालत र अभियानसम्बन्धी कामको लागि उनीहरूले डरलाग्दो जोखिमहरू सामना गरिरहेका छन् ।

राइट फर राइट्स् २०१९ का क्रममा एम्नेस्टी इन्टरनेसनलका समर्थकहरूले क्यानाडा, चीन, इजिप्ट, ग्रीस, इरान, मेक्सिको, नाइजेरिया, फिलिपिन्स र दक्षिण सुडानका युवा मानवअधिकार रक्षकहरूप्रति ऐक्यबद्धता जनाउने छन् ।

एम्नेस्टी इन्टरनेसनल नेपालले यस वर्ष ६ जना युवा मानवअधिकार रक्षकहरूका लागि अभियान सञ्चालन गर्नेछ । जबर्जस्तीपूर्वक घुम्टो लगाउनुपर्ने इरानको कानुनलाई विरोध गरेको कारण १६ वर्ष जेल सजाय सुनाइएकी इरानी युवा अभियन्ता यासमान अर्यानी, शरणार्थीहरूलाई उद्दार गर्ने काम गरेबापत ग्रिक अधिकारीहरूद्वारा मानव तस्करी गरेको आरोपमा २५ वर्ष जेल सजायको अभियोग लगाइएका मानवीय उद्दारकर्ताहरू सारा मार्दिनी र सियान बिन्दर, राष्ट्रिय र अन्तर्राष्ट्रिय कानुन विपरित बाल्य अवस्थामा नै मृत्युदण्डको सजाय सुनाइएका दक्षिण सुडानका १७ वर्षीय मागाइ मातिप ङोङ्ग लगातका युवा मानवअधिकार रक्षकहरूका पक्षमा एम्नेस्टी नेपालले अभियान सञ्चानल गर्नेछ । 

युवा अभियन्ताहरूको पक्षमा पत्र लेख्नुका साथै एम्नेस्टी नेपालका सदस्य र समर्थकहरूले एम्नेस्टी नेपालको  'महिला हिंसाविरूद्धको अभियान" अन्तर्गत सन् २०१७ मा नेपालको सर्वोच्च अदालतद्वारा एसिडको बेचबिखनलाई नियमन गर्नु भनी जारी गरिएको आदेशलाई कार्यान्वयन गर्न नेपाल सरकारलाई माग गर्दै पत्रहरू लेख्नेछन् । सङ्कलित पत्रहरू गृहमन्त्री रामबहादुर थापालाई बुझाइनेछ ।

"नेपालमा महिला र युवतीहरूलाई विशेष रूपमा लक्षित गरी हुने एसिड आक्रमणका घटनाहरू बढ्दो छन् । सरकारले यसलाई गम्भीर रूपमा लिई बजारमा सहजै उपलब्ध हुने एसिडको बिक्री वितरणलाई नियमन गर्नु पहिलो उचित कदम हुन सक्दछ," एम्नेस्टी इन्टरनेसनल नेपालका निर्देशक निराजन थपलियाले भने । एम्नेस्टीको राइट फर राइट्स् अभियान मंसिर १२ देखि पुष ४ सम्म चल्ने उनले बताए  ।

के हो राइट फर राइट्स ?

हरेक वर्ष सञ्चालन गरिने राइट फर राइट्स् अभियानका क्रममा एम्नेस्टी  इन्टरनेसनलले अन्यायका विरूद्ध उभिने साहस गरेकै कारण आफ्नो अधिकारको हनन् भोगेका तथा अधिकार हननको जोखिममा रहेका व्यक्तिहरूप्रति ऐक्यबद्धताका सन्देशहरू लेख्न संसारभरीका आफ्ना सदस्यहरूलाई प्रेरित गर्दछ । एम्नेस्टीले आफ्ना समर्थकहरूलाई यी साहसी व्यक्तिहरूको पक्षमा सम्बन्धित अधिकारीहरूलाई लक्षित गरी पत्रहरू लेख्न पनि आह्वान गर्ने गर्दछ । 

एम्नेस्टी इन्टरनेसनलको  पहिलो राइट फर राइट्स अभियान १७ वर्षअघि सन् २००२ मा सञ्चालन गरिएको थियो । त्यस बेलादेखि अहिलेसम्म अभियन्ताहरूद्वारा लाखौँ “एक्सन” (action) हरू गरिएका छन् । यस्तो कार्यले हरेक वर्ष खास परिवर्तन पनि ल्याउने गरेको छ । सन् २०१८ मा आफू सवार कारमा गोली प्रहार गरी हत्या गरिएकी ब्राजिलकी राजनीतिज्ञ र अभियन्ता मारिएल फ्रान्कोको न्यायका लागि एम्नेस्टी इन्टरनेसनलका दश लाख भन्दा बढी समर्थकहरूले गत वर्षको राइट फर राइट्स अभियानका क्रममा संसार भरबाट पत्रहरू लेखेका थिए । गत मार्चमा दुईजना पूर्व प्रहरी अधिकारीहरूलाई उनको हत्या आरोपमा गिरफ्तार गरिएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु