2026-09-14 03:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उपनिर्वाचनः पश्चिम बागलुङका तीन वटै पालिकामा मतदान सुरु

हेम विश्वकर्मा | मङ्सिर १४, बुर्तिबाङ | प्रदेश सभा निर्वाचन अन्तर्गत आज विहान ७ बजेबाट मतदान सुरु भएको छ । बगलुङ जिल्लाको निर्वाचन क्षेत्र नं २ को प्रदेश (ख) अन्तरगतका ३ वटै पालिकामा निर्वाचन सुरु भएको हो ।

निर्वाचन आयोगका अनुसार बिहान ७ बजेबाट मतदान सुरु भई मतदाताले अपराह्न ५ बजेसम्म मतदानस्थल पुगेर आफ्नो मत जायर गर्न सक्नेछन् । आयोगले ढुक्कसँग मतदान गर्न मतदातालाई आग्रह गरेको छ ।

निर्वाचन आयोगले बागलुङ–क्षेत्र नं २ को प्रदेश ख मा ४३ र बडिगाड गाउँपालिका वडा २ मा दुई मतदानस्थल तोकेको छ । यो प्रदेशमा पश्चिम बागलुङको निसिखोला गाउँपालिका, तमानखोला गाउँपालिका र ढोरपाटन नगरपालिका पर्दछन् र यि तिन वटै पालिकामा मतदान सुरु भएको हाम्रा संबादाताहरुले जानकारी दिएका छन् । 

यस प्रदेशमा हुने उपनिर्वाचनका लागि १० उम्मेदवार चुनावी मैदानमा छन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्र्टी नेकपा र राष्ट्रिय जनमोर्चाका साझा बाम उम्मेदवारका रुपमा राष्ट्रिय जनमोर्चाका खिमविक्रम शाही, नेपाली काङ्ग्रेसबाट जीतबहादुर शेरचन, समाजवादी पार्र्टीबाट अशोककुमार विक र राष्ट्रिय प्रजातन्त्र पार्र्टी संयुक्त बाट निमबहादुर भण्डारी उम्मेदवार रहेका छन् ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्र्टीबाट गणेशबहादुर कुँवर, राष्ट्रिय जनमुक्ति पार्र्टीबाट यामबहादुर आले, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट अनिलकुमार राई, मङ्गोल नेशनल अर्गनाइजेशन बाट मित्रबहादुर मगर तथा स्वतन्त्र उम्मेदवारका रुपमा सन्तोष भण्डारी चुनावी मैदानमा रहेका छन् । 

स्वतन्त्र उम्मेदवार शेरमान घर्तीले समयाभावका कारण उम्मेदवारी फिर्ता लिन नपाए पनि वाम गठन्धनका उम्मेदवार शाहीलाई सघाउने सार्वजनिक घोषणा गर्नुभएको थियो । यस प्रदेशमा प्रदेशसभा सदस्य टेकबहादुर घर्र्तीको कलेजो सम्बन्धि रोगका कारण गत वर्ष उपचारका क्रममा निधन भएपछि रिक्त पदमा उपनिर्वाचन हुन लागेको हो । 

उता बडिगाड गाउँपालिका वडा नं–२ मा पनि निर्वाचन सुरु भएको खर्बाङ बाट पत्रकार कमल पौडेलले जानकारी दिनुभयो । सो वडाका निर्वाचित वडाध्यक्ष विष्णुप्रसाद भुसाल जिल्ला समन्वय समितिको उपप्रमुख भएपछि रिक्त अध्यक्ष पदमा उपनिर्वाचन हुन लागेको हो । वडाध्यक्ष पदका लागि नेकपाबाट ढालप्रसाद शेरचन, काङ्ग्रेसबाट डिलबहादुर राना र समाजवादी पार्र्टीबाट हरिलाल राना चुनावी मैदानमा रहेका छन् । 

प्रदेशसभा सदस्यको उपनिर्वाचन हुने यस क्षेत्रमा ३५ हजार १ सय ८४ र बडिगाड गाउँपालिका वडा नं २ मा एक हजार ७ सय ४२ मतदाता रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले