२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उपनिर्वाचनः पश्चिम बागलुङका तीन वटै पालिकामा मतदान सुरु

१४ मंसिर २०७६, शनिबार ०२:३५

हेम विश्वकर्मा | मङ्सिर १४, बुर्तिबाङ | प्रदेश सभा निर्वाचन अन्तर्गत आज विहान ७ बजेबाट मतदान सुरु भएको छ । बगलुङ जिल्लाको निर्वाचन क्षेत्र नं २ को प्रदेश (ख) अन्तरगतका ३ वटै पालिकामा निर्वाचन सुरु भएको हो ।

निर्वाचन आयोगका अनुसार बिहान ७ बजेबाट मतदान सुरु भई मतदाताले अपराह्न ५ बजेसम्म मतदानस्थल पुगेर आफ्नो मत जायर गर्न सक्नेछन् । आयोगले ढुक्कसँग मतदान गर्न मतदातालाई आग्रह गरेको छ ।

निर्वाचन आयोगले बागलुङ–क्षेत्र नं २ को प्रदेश ख मा ४३ र बडिगाड गाउँपालिका वडा २ मा दुई मतदानस्थल तोकेको छ । यो प्रदेशमा पश्चिम बागलुङको निसिखोला गाउँपालिका, तमानखोला गाउँपालिका र ढोरपाटन नगरपालिका पर्दछन् र यि तिन वटै पालिकामा मतदान सुरु भएको हाम्रा संबादाताहरुले जानकारी दिएका छन् । 


यस प्रदेशमा हुने उपनिर्वाचनका लागि १० उम्मेदवार चुनावी मैदानमा छन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्र्टी नेकपा र राष्ट्रिय जनमोर्चाका साझा बाम उम्मेदवारका रुपमा राष्ट्रिय जनमोर्चाका खिमविक्रम शाही, नेपाली काङ्ग्रेसबाट जीतबहादुर शेरचन, समाजवादी पार्र्टीबाट अशोककुमार विक र राष्ट्रिय प्रजातन्त्र पार्र्टी संयुक्त बाट निमबहादुर भण्डारी उम्मेदवार रहेका छन् ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्र्टीबाट गणेशबहादुर कुँवर, राष्ट्रिय जनमुक्ति पार्र्टीबाट यामबहादुर आले, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट अनिलकुमार राई, मङ्गोल नेशनल अर्गनाइजेशन बाट मित्रबहादुर मगर तथा स्वतन्त्र उम्मेदवारका रुपमा सन्तोष भण्डारी चुनावी मैदानमा रहेका छन् । 

स्वतन्त्र उम्मेदवार शेरमान घर्तीले समयाभावका कारण उम्मेदवारी फिर्ता लिन नपाए पनि वाम गठन्धनका उम्मेदवार शाहीलाई सघाउने सार्वजनिक घोषणा गर्नुभएको थियो । यस प्रदेशमा प्रदेशसभा सदस्य टेकबहादुर घर्र्तीको कलेजो सम्बन्धि रोगका कारण गत वर्ष उपचारका क्रममा निधन भएपछि रिक्त पदमा उपनिर्वाचन हुन लागेको हो । 


उता बडिगाड गाउँपालिका वडा नं–२ मा पनि निर्वाचन सुरु भएको खर्बाङ बाट पत्रकार कमल पौडेलले जानकारी दिनुभयो । सो वडाका निर्वाचित वडाध्यक्ष विष्णुप्रसाद भुसाल जिल्ला समन्वय समितिको उपप्रमुख भएपछि रिक्त अध्यक्ष पदमा उपनिर्वाचन हुन लागेको हो । वडाध्यक्ष पदका लागि नेकपाबाट ढालप्रसाद शेरचन, काङ्ग्रेसबाट डिलबहादुर राना र समाजवादी पार्र्टीबाट हरिलाल राना चुनावी मैदानमा रहेका छन् । 

प्रदेशसभा सदस्यको उपनिर्वाचन हुने यस क्षेत्रमा ३५ हजार १ सय ८४ र बडिगाड गाउँपालिका वडा नं २ मा एक हजार ७ सय ४२ मतदाता रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो