2026-07-26 03:42 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

डोटेली भाषाको चलचित्र ‘नन्दी’को छायाङ्कन शुरु

मंसिर २०, डोटी | डोटेली भाषाको चलचित्र ‘नन्दी’को छायाङ्कन शुरु भएको छ। सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला डोटीको दिपायलबाट सो चलचित्रको छायाङ्कन शुरु भएको हो। सिएस फिल्मस् प्रालि धनगढीको ब्यानरमा निर्माण भइरहेको यो चलचित्रको निर्माता एवं अभिनेता विनोद बोहरा ‘बोगटानी किङ’ रहेका छन्। त्यस्तै निर्देशकमा बाबु थिङ र कार्यकारी निर्माता राज पाठक रहेका छन्। चलचित्रमा अभिनेत्रीहरु एलिषा चाड र मनिषा चाडको अभिनय छ भने यादव गिरी, नरेन्द्र खड्का, तेजा ऐर, मीना सोब, सौगात ओझा, सुरेन्द्र सङ्गम लगायतका कलाकारहरुको सहभागिता रहेको छ।

चलचित्रको नामकरण र कथावस्तु दिपायलकै सेरोफेरोमा आधारित रहेर तयार पारिएको निर्माता-अभिनेता बोहराले बताए। भगवान् श्रीरामका पूर्वज राजा दिलीपले पूजा गर्ने गाई ‘नन्दिनी’का नामबाट चलचित्रको नामकरण गरिएको उनले बताए। परापूर्वकालमा राजा दिलीपले गोलोकबाट नन्दिनी गाई ल्याएर दिपायलमा तपस्या गरेको किंवदन्ती छ। सो गाईद्वारा नै दूधको धारा दिइरहेको ठाँउमा भेटिएको जोतिर्लिङ्गको पूजा, आराधना गरी तपस्या गर्दा राजा दिलीपले मुक्ति पाएको पौराणिक मान्यता रहेको छ। 

सोही ठाउँमा अहिले ‘दिल्पेश्वर मठ’ बनेको छ। यही मठको नामबाट दिपायलको नामकरण भएको मानिन्छ। मठमा अहिले सयौँ वर्ष पुरानो नन्दिनी गाईको सिङ र भगवान श्रीरामको ‘खराउ’ (चप्पल) सुरक्षित राखिएको छ। सोही नन्दिनी गाईको सिङलाई आधार बनाएर कथावस्तु तयार पारी चलचित्र निर्माण हुनलागेको निर्माता बोहराले बताए।

उनले भने, “चलचित्रको कथा त्यसै सिङको वरिपरि घुमाएका छौँ, यहाँको ऐतिहासिक पक्षलाई ध्यान दिएर दिपायलको प्रचारप्रसार गर्नेछौँ।” चलचित्रको ६० प्रतिशतभन्दा बढी छायाङ्कन दिपायल क्षेत्रमा गरिने जनाइएको छ। त्यसबाहेक, शैलेश्वरी मन्दिर, धनगढी, जोरायल र खप्तड क्षेत्रमा पनि छायाङ्कन हुने निर्देशक बाबु थिङले बताए |

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ