२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘वे टु सक्सेस’द्वारा ‘रियलस्टेट मास्टरमाईन्ड’ सिरीज कार्यक्रमको सुरुवात

२०७६, २२ मंसिर आईतवार १६:५२

मङ्सिर २२, काठमाडौँ | 'वे टु सक्सेस कन्सल्टिङ एन्ड ट्रेनिङ सेन्टर'को संयोजकत्वमा रिम नेपालद्धारा आयोजित 'रियलस्टेट मास्टरमाईन्ड' सिरीज कार्यक्रमको सुरुवात गरिएको छ । उक्त कार्यक्रम काठमाडौँको सोर्हखुट्टे स्थित बिगिज गार्डेन क्यफेसमा सम्मन्न भएको हो । 


सनिबार बिहान ११ बजेदेखी बेलुका ५ बजेसम्म चलेको ट्रेनिंङ/वर्कसप कार्यक्रमा ५० जनाको मात्र सिमीत सिट राखेर संचालन भएको थियो । कार्यक्रमका मुख्य प्रशिक्षक तथा रियल स्टेट कन्सल्टेन्स शुनिल कार्कीले कार्यक्रममा १५ प्रतिशत कममा उत्तिकै गुणस्तरीय घर कसरी बनाउन सकीन्छ, कम पैसामा पनि गुणस्तरिय र राम्रो जग्गा कसरी किन्न सकिन्छ ? लगानीको लागी धेरै भन्दा धेरै प्रतिफल आउने जग्गा कसरी चिन्न सकिन्छ ? एउटै जग्गाबाट पनि फरक-फरक तरिकाले प्रयोग गरेर कसरी धेरै भन्दा धेरै फाईदा उठाउन सकिन्छ ? जस्ता बिषय बस्तुहरुमा प्रशिक्षण दिएका थिए । उक्त कार्यक्रममा कन्सल्टेन्ट तथा ट्रेनर आर्. पी सिर्जनले पर्शनल फाईनान्सलाई कसरी ब्याबस्थापन गर्ने र लगानी गर्दा ध्यान दिनु पर्ने कुरा के-के हुन सक्छन् ? भनेर प्रशिक्षण दिएका थिए । त्यस्तै डिजिटल बिजनेस कन्सल्टेन्ट दिपेस सापकोटाले जग्गा या रियलस्टेटको अन्तराष्ट्रिय ट्रेन्डको बारेमा जानकारी दिंदै नेपालमा यसलाई कसरी सफल बनाउन सकीन्छ ? भन्ने बारे प्रशिक्षण दिएका थिए । 


उक्त कार्यक्रममा 'वे टु सक्सेस कन्सल्टिङ एन्ड ट्रेनिङ सेन्टर'की सिईयो (कार्यकारी अधिकृत) संगिता तिमील्सिना पौडेलले मानिसलाई सफल हुनको लागी लगानिको राम्रो क्षेत्र रियल स्टेट पनि भएकाले यसको बारेमा देशमा सिकाउने स्कुल कलेजहरू नभईरहेको अबस्थामा आँफूहरूले गर्ने यस्ता प्रशिक्षण कार्यक्रमले एकै दिनको सिकाईकै आधारमा पनि धेरै काम लाग्ने कुरा सिकाउन र सिक्न सकीने र यिनै कुराहरूले मान्छेलाई सफल हुने सहयोग पुर्याउने हुनाले आफूहरुले यो कार्यक्रमलाई एउटा सिरीजको रुपमा सञ्चालन गरेको जानकारी गराईन् । उक्त प्रशिक्षण कार्यक्रममा संचारकर्मी अनिल अधिकारी सहित रीता सापकोटा, प्रतिमा तिवारी लगायतले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु