Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

अर्थमन्त्री खतिवडाको कार्यकाल फागुन २० मा सकिँदै, नयाँ अर्थमन्त्री को बन्लान् ?

२०७६, २३ मंसिर सोमबार ०९:४७

मनोज पराजुली । मंसिर २३, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाको कार्यकाल सकिन लागेको छ । राष्ट्रियसभा मार्फत संघीय संसदमा प्रतिनिधित्व गरेका खतिवडाको २ वर्षे कार्यकाल आउँदो फागुन २० गतेबाट सकिँदैछ।

सघीय संसदको अन्तर्गतको राष्ट्रिय सभामा राष्ट्रपतिबाट मनोनित ३ सदस्य सहित गरी जम्मा ५९ जना सदस्यहरु रहने व्यवस्था छ। राष्ट्रियसभा सदस्य निर्वाचन ऐन २०७५ अनुसार कार्यकाल सकिनुभन्दा कम्तिमा ३५ दिन अघि चुनाव गर्नुपर्ने व्यवस्था छ। त्यसअनुसार माघ १५ गतेभित्र चुनाव गरिसक्नुपर्नेछ । 

संघीय संसदले ५९ मध्ये १९ जना सदस्यको कार्यकाल फागुन २० गते सकिने लिष्टमा अर्थमन्त्री पनि परेकोले उनको कार्यकाल सकिन लागेको हो । ५९ सदस्यीय सभाको १ तिहाइ सदस्यको पदावधि प्रत्येक २ वर्षमा सकिने व्यवस्था छ । २ वर्ष अगाडी भएको गोला प्रथारुपी निर्वाचन मार्फत गोला छान्दा हालका अर्थमन्त्री डा.युवराज खतिवडाले २ वर्षे कार्यकाल प्राप्त गरेका थिए । राष्ट्रपतिबाट मनोनित तीनजनामध्ये अर्थमन्त्री युवराज खतिवडाको कार्यकाल फागुन २० गते सकिने छ। गोलाप्रथाबाट मनोनित रामनारायण बिडारीको चार वर्ष र विमला पौड्यालको ६ वर्ष कार्यकाल भएकाले उनीहरु कायमै रहने छन्। राष्ट्रिय सभाका २० जनाको ४ वर्ष र बाँकि २० जनाको ६ वर्षे कार्यकाल निर्धारण गरिएको थियो ।  

के गर्दैछ निर्वाचन आयोग ?

एक तिहाइ सदस्यको कार्यकाल सकिन लागेसंगै निर्वाचन आयोगले निर्वाचन प्रक्रिया अगाडी बढाउन गृहकार्य शुरु गरेको निर्वाचन आयोगका सूचना अधिकारी सुर्यप्रसाद अर्यालले जानकारी दिए । आयोगले राष्ट्रिय सभाको आगामी निर्वाचनलाई लक्षित गरि निर्वाचन प्रक्रियाको बारेमा विभिन्न राजनीतिका दलहरुसंग छलफल गरिरहेको अर्यालले बताए । 

बाहिरिने सूचीमा को को  ?

राष्ट्रिय सभाको २ वर्षे कार्यकालबाट बाहिरिने सूचीमा हालका अर्थमन्त्री खतिवडा सहित अन्य १८ जना रहेका छन् । गोलाप्रथा छनौट प्रणालीबाट २ बर्ष पदावधि कायम भएका अन्य सदस्यहरुमा हरिचरण शिवाकोटी, रमेशप्रसाद यादव, बलरामप्रसाद बास्कोटा, सुरेन्द्रराज पाण्डे, दुर्गाप्रसाद उपाध्याय, कालिबहादुर मल्ल, बद्रीप्रसाद पाण्डे,  सरिता प्रसाई, मुक्ताकुमारी यादव, धनकुमारी खतिवडा, विन्दादेवी आले, मीना बुढा, युटोल तामाङ, कमलाकुमारी ओली, खेमराज नेपाली, रामप्रीत पासवान, राजकुमार कुँवर र वृषेशचन्द्र लाल रहेका छन् । 

पदावधि ४ र ६ वर्ष रहने राष्ट्रिय सभा सदस्य

परशुराम मेघी गुरुङ, सुमनराज प्याकुरेल, दीनानाथ शर्मा, चन्द्रबहादुर खड्का, खगेन्द्रप्रसाद पुरी, शेरबहादुर कुँवर, रामनारायण बिडारी, नैनकला ओझा, शशिकला दाहाल, उदया शर्मा पौडेल, शान्तिकुमारी अधिकारी, कोमल ओली, कविता बोगटी, तारादेवि भट्ट, खिमकुमार विक, चक्र स्नेही, रामलखन चमार, जीवन बुढा र अगम वान्तवा राईको कार्यकाल ४ वर्षको हुनेछ ।

राष्ट्रिय सभामा ६ वर्ष कार्यकाल रहनेहरुमा रमेशजङ्ज रायमाझी, जितेन्द्रनारायण देव, रामबहादुर थापा, गणेशप्रसाद तिमल्सिना, खिमलाल भट्टराई,  भैरवसुन्दर श्रेष्ठ, हरिराम चौधरी, बिना पोखरेल, प्रमिलाकुमारी यादव, दिलकुमारी रावल, दीपा गुरुङ, अनिता देवकोटा, नन्दा चपाई, इन्दु कडरिया, नरपति लोहार, संहबहादुर विश्वकर्मा, प्रकाश पन्थ, महेशकुमार महरा, रामचन्द्र राई र विमला राई पौडेल रहेका छन् ।

को बन्ला नयाँ अर्थमन्त्री ?

प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिर पहिलो हप्ता मन्त्रीपरिसद् पुनर्गठन गरेका थिए । सो बेला हालका अर्थमन्त्री समेत हट्न सक्ने आकलन गरिएको थियो तर सो बेला ऊनी हट्ने मन्त्रीहरुको सूचीमा परेनन् । कतिपयले यसलाई उनको राष्ट्रियसभाको कार्यकाल नै सकिन लागेकोले नहटाइएको हुनसक्ने बताउंदै आएका थिए । आउँदो  फागुन २० बाट अनिवार्य हट्ने भएसंगै अब कसले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछन् भन्ने छलफल शुरु भएको छ । नेपालको संविधानको धारा ७८ ले संघीय संसद्को सदस्य नभएको व्यक्ति मन्त्री हुनसक्ने व्यवस्था गरेको छ तर मन्त्रीको सपथ ग्रहण गरेको मितिले ६ महिना भित्र संघीय संसदको सदस्यता प्राप्त गर्नुपर्ने व्यवस्था छ ।  




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै