पुस ११, काठमाडौं | पोखराको हिमा गृहमा पनि रिसोर्ट चलाउन दिने तयारी नेपाल ट्रष्टको कार्यालयले गरेको छ |
गोकर्ण रिसोर्टबारे लिज सम्झौताबारे विवाद भइरहेका बेला नेपाल ट्रष्टले पोखराको हिमा गृह र चितवनको लियालो बंगलालाई पनि रिसोर्ट चलाउन भाडामा दिने तयारी गरेको हो | ट्रष्टका सचिव गजेन्द्रकुमार ठाकुरले हिमा गृह, दियालो बंगला, फर्पिङसहितका चार ठाउमा रिसोर्टका लागि लिजमा दिन लागिएको बताए |
कमलादीको २ रोपनी ४ आना, पूर्व राजा ज्ञानेन्द्र शाहको निर्मल निवास अगाडिको एक रोपनी ७ आना, लाजिम्पाटको ६ रोपनी जग्गा पनि लिजमा दिन लागिएको उनले जानकारी दिए |