७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

साताको शेयर बजारः झण्डै तीन अर्बको कारोवार

१२ पुष २०७६, शनिबार १३:२६

पुष १२, काठमाडौँ | धितोपत्र बजारमा यस साता शेयर कारोवार मापक नेप्से परिसूचक घट्दो क्रममा रह्यो । साताभर कूल १७५ कम्पनीको शेयर कारोवार भयो । नेपाल स्टक एक्सचेन्जका अनुसार ८५ लाख ९५ हजार ५३१ कित्ता शेयर रु दुई अर्ब ८१ करोड ८८ लाख ९२ हजार ६९० मूल्यमा खरिदबिक्री भए । 

नेप्सेका अनुसार साताको पहिलो दिन आज धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक झिनो अङ्कले सुधार भयो ।  कूल १६७ कम्पनीका १४ लाख ८८ हजार ३०४ कित्ता शेयर रु ३७ करोड ४४ लाख ६६ हजार ४६५ मूल्यमा खरिद–बिक्री भए । 

सोमबार  नेप्से १७.७७ विन्दुले बढेर एक हजार १६८.५८ मा पुग्यो ।  कूल १७७ कम्पनीको १७ लाख ५४ हजार ३६३ कित्ता शेयर रु ५९ करोड ५७ लाख ६४ हजार ५४४ बराबरको कारोवार भए । 

मङ्गलबार भने नेप्से पुनः ओरालो लाग्यो । सो दिन नेप्से परिसूचक २.३७ बिन्दुले घटेर एक हजार १६६.२१ मा पुग्यो । कूल १७१ कम्पनीको २० लाख २९ हजार ८१५ कित्ता शेयर रु ७२ करोड १६ लाख ४२ हजार ९६५ मूल्यमा खरिदबिक्री भए ।

बुधबार  नेप्से १.८२ अङ्कले बढेर ११६८.०३ मा पुग्यो । कूल १७५ कम्पनीको १६ लाख ८१ हजार ८३८ कित्ता शेयर ५३ करोड ८३ लाख ४० हजार ८२९ रुपैयाँमा कारोवार भए । 

बिहीबार नेप्से परिसूचक ओरालो लाग्यो । नेप्से आरोलो लागे पनि कारोवार रकम भने औसतमा रह्यो ।  कूल १७२ कम्पनीको कूल १६ लाख ४१ हजार २११ कित्ता शेयर रु ५८ करोड ८६ लाख ७७ हजार ८८७ मूल्यमा कारोवार भए । 

साताभर विभिन्न चार कम्पनीनको शेयर नेप्सेमा सूचीकृत भए । त्यसमा कामना सेवा विकास बैंकको तीन लाख ७५ हजार ३९८ कित्ता शेयर लाभांश, कुमारी बैंकको ८६ लाख ८५ हजार ५७३ कित्ता शेयर लाभांश, सिटिजन बैंकको २५ लाख ११ हजार ३१९ कित्ता शेयर लाभांश र एभरेष्ट बैंकको परिवर्तित शेयर कूल चार लाख कित्ता सूचीकृत भएको नेप्सेले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी