पुस १३, काठमाडौँ | सिटिजन बैंकको एटिएम फुटाएर रकम चोरी गर्न लागेको अवस्थामा दुई जना पक्राउ परेका छन् | शनिबार राति चन्द्रागिरी नगरपालिका–७ थानकोटस्थित बैंकको एटिएम फुटाएर रकम चोरि गर्न लागेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो |
पक्राउ पर्नेहरूमा सोही नगरपालिका ५ दाउराडिपो बस्ने मुगु सोरू गाउँपालिका ६ घर भएकाहरू २४ वर्षीय चित्र बहादुर शाही र २० वर्षीय नन्दराज धराल रहेका छन् | एटिएम राखेको सटरको ताल्चा र मेसिन समेत फुटाएर क्षति पुर्याइसकेको अवस्थामा उनीहरुलाई महानगरीय प्रहरी बृत्त थानकोटबाट खटिएको प्रहरीले फेला पारी पक्राउ गरेको हो |
प्रहरीका अनुसार उनीहरूको साथबाट एटिएम मेसिन फुटाउन प्रयोग गरेको ढुंगा, पिलास, फलामको रेन्च र चक्कु प्रहरीले बरामद गरेको छ |