Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

१७ पुर्व श्रममन्त्रीलाई बोलाउंदा ३ जना मात्रै उपस्थित, तरपनि श्रममन्त्री यादवले लिए सुझाव

२०७६, २३ पुष बुधबार १२:३९

पुस २३, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले पुर्व श्रममन्त्रीहरु संग छलफल गरेका छन् ।  श्रममन्त्री बनेको एक महिना पछि पूर्व श्रम मन्त्रीहरुलाई (बुधबार) अपराह्न मन्त्रालयको सभाकक्षमा बोलाएर यादवले सम्मान गर्दै अनुभव साटासाट गरेका हुन् ।

मन्त्री यादवले पूर्वमन्त्रीहरुसँग मन्त्रालयहरुको आगामी रणनीति र योजना बारे जानकारी दिदै अनुभव सटासाट गरेका प्रेस संयोजक विजय यादवले जानकारी दिए । मंगलबार मात्रै एक महिने कार्य प्रगति विवरण सार्वजनिक गर्नुका साथै आगामी तीन महिने योजना सार्वजनिक गरेका मन्त्री यादवले पूर्व मन्त्रीहरुको अनुभव र सुझावलाई लिएर आफू अघि बढ्ने बताए । 


‘समृद्ध नेपाल, सुखी नेपाली’ नारालाई सफल पार्न सबैको सहयोग अपरिहार्य रहेको बताउँदै मन्त्री यादवले वैदेशिक रोजगारका क्षेत्रमा देखा परेका विकृति र विसंगति अन्त्यका लागि आफू प्रयासरत रहेको जानकारी दिए । उनले नेपाली कामदारको गन्तव्य रहेका देशमा  सुरक्षित वातावरण बनाउने र यो सरकारको लक्ष्य देशमै रोजगारीको सृजना गर्ने रहेको उल्लेख गरे ।   

 श्रममन्त्री यादवले २०४६ साल यता बनेका १७ जना श्रम मन्त्रीहरुलाई निम्ता दिएका थिए । अनुभव साटासाट गर्ने, अहिले देखिएका समस्याहरुको विषयमा छलफल गर्ने र चुनौतीको पहिचान गर्दै आगामी दिनमा कसरी अगाडी बढ्न सकिन्छ भनेर निष्कर्ष निकाल्ने सोचका साथ मन्त्री यादवले बोलाएका बैठकमा जम्मा तीन जना पुर्व श्रममन्त्री उपस्थित भएका थिए । 


पूर्व श्रममन्त्रीहरु मुकुन्द न्यौपाने, कमल चौलागाई र सरिता गिरी मात्र उपस्थित भए । तैपनि बैठकमा सहभमगी भएका पूर्वमन्त्रीहरुले आफ्नो अनुभव सुनाएका श्रम मन्त्रीका प्रेस संयोजक विजय यादवले जानकारी दिए  ।

बैठमा पूर्व मन्त्री न्यौपानेले मन्त्रालयले काम गर्ने तौरतरिका र सोच्ने तरिकामा रुपान्तरण रहेको बताउँदै कुनै पनि काम गर्नुभन्दा पहिला विज्ञ र सरोकारवालाहरुसँग सरसल्लाह गरि अगाडी बढ्न सुझाव दिए । उनले पहिला उत्पादनको विकास र विस्तार नगरि रोजगारीको विस्तार नहुने भन्दै उत्पादकको विकासमा ध्यान दिन आग्रह गरे । त्यस्तै पूर्व मन्त्री न्यौपानेले योजना र तयारी  बिना मन्त्रीहरुले सस्तो लोकप्रियताको निम्ति बोल्ने तर, त्यस अनुरुप काम गर्दा जनतामा वितृष्णा फैलिएको उल्लेख गर्दै सरकारले बनाएको कार्ययोजना प्रभावकारी ढंगले लागू गर्नुपर्ने कुरामा जोड दिए । 

त्यस्तै पूर्वमन्त्री गिरीले छिमेकी देश चीनले गरेको मानव सँसाधनको विकास र भौतिक विकासको सुक्ष्म अध्यन गरि त्यसअनुसार अगाडी बढ्न आग्रह गर्दै अन्य देशहरु विकसित हुँदा हाम्रो मुलुक किन विकास हुन सकेन भन्ने प्रश्नको गहन अध्यन गर्नुपर्ने बताइन् । 

त्यसैगरी अर्का पूर्वमन्त्री चौलागाईले अस्तव्यवस्त बनेको वैदेशिक रोजगारी क्षेत्रको गम्भीररुपमा अध्यन गरि कार्यक्रम अघि सार्नुपर्ने बताए । वैदेशिक रोजगारीका साथै आन्तरिक, कृषि, जल र पर्यटनका क्षेत्रमा पनि सरकारले ध्यान दिन उनले आग्रह गरे । 

पूर्व मन्त्रीहरुको अनुभाव र सुझाव पछि मन्त्री यादवले उहि अनुभव र सुझावका आधारमा मन्त्रालयले आगामी रणनीति तय गर्ने पनि बताए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै