पुस २५, काठमाडौँ | आज शुक्रबार सुनको मूल्य घटेको छ | बिहीबारको तुलनामा रु ९ सयले घटेर आज प्रतितोला छापावाल सुनको मूल्य प्रतितोला ७४ हजार ४ सय कायम भएको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ |
त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला रु ७४ हजार ३ सयमा कारोबार भइरहेको छ | आज चाँदीको मूल्य पनि घटेको छ |
बिहिबारको तुलनामा रु १५ ले घटेर प्रतितोला ८ सय ८५ कायम भएको हो |