८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

आर्थिक पत्रकारिताको विकास गर्नुपर्नेमा बोर्डका अध्यक्ष ढुङ्गानाको जोड

२७ पुष २०७६, आईतवार १३:००

पुष २७, काठमाडौँ | नेपालमा आर्थिक पत्रकारिताको विकास गर्नुपर्नेमा नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानाले जोड दिएका छन् । आइतबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) का प्रतिनिधिहरुसँगको भेटमा देशको ऐनाको रुपमा रहेका आर्थिक पत्रकारहरुको विकासमा जोड दिनुपर्ने बताएका हुन । पूँजीबजारका विकास र विस्तारका लागि आर्थिक पत्रकारहरुको महत्वपूर्ण भूमिका हुने हुदाँ जुन कुराले बजारको विकास र यससँग सम्वन्धित पक्षहरुको हित हुन्छ त्यसतर्फ ध्यान दिन अध्यक्ष ढुंगानाले आग्रह गरे । 

आफ्नो कार्यकालमा पूँजीबजारको स्थायित्वका लागि काम गर्ने बताउँदै उनले पूँजीबजारमा नयाँ औजारहरु थप गर्नुपर्ने आवश्यकता औल्याए । अन्योलमा रहेको कमोडिटी मार्केट सञ्चालनका लागि नयाँ लाईसेन्स दिने काम आगामी दुई महिनाभित्र सम्पन्न गर्ने गरी काम गर्ने प्रतिवद्धता समेत उनले व्यक्त गरे । पहिलानै सुल्झाईसक्नुपर्ने कमोडिटी मार्केटको विषय अव भने अल्झाएर नराख्ने उनले बताए ।


बोर्डका अध्यक्ष ढ्ंगानासँगको भेटमा नाफिजका अध्यक्ष सिताराम भट्टराईले पूँजीबजारका विषयमा कलम चलाउने धेरै आर्थिक पत्रकारहरु रहेकाले उनिहरुको क्षमता विकासका लागि पहल गर्न आग्रह गरे । पूँजीबजार र मुलुकका हितका निम्तिनै कलम चलाउने आर्थिक पत्रकारहरुलाई समन्वयको खाचो रहेको बताउँदै अध्यक्ष भट्टराईले बोर्डले निरन्तर सहयोग र समन्वय गर्नेमा आशाबादी रहेको बताए । शुक्रबारदेखि नयाँ अध्यक्षको रूपमा बोर्डको पदभार सम्हालेका ढुंगानालाई स्वागत तथा शुभकामना व्यक्त गर्न नाफिजका प्रतिनिधिहरु बोर्ड पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी