Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

श्रम मन्त्रालयका ४ सह सचिवको जिम्मेवारी हेरफेर, श्रम सम्बन्धमा प्रकाश दाहालको इन्ट्री

२०७६, २८ पुष सोमबार १०:१०

पुस २८, काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ४ जना सह सचिवहरुको जिम्मेवारी हेरफेर गरेको छ । प्रधानमन्त्री रोजगार कार्यकम प्रमुख एवं सह सचिव प्रकाश दाहाललाई श्रम सम्बन्ध तथा सामाजिक सुरक्षा महाशाखाको जिम्मेवारी दिइएको मन्त्रालयका सूचना अधिकारी प्रदीपराज अधिकारीले जानकारी दिए । 

श्रम मन्त्रालय मातहत रहेको व्यवसायिक सीप विकास तालिम प्रतिष्ठानका कार्यकारी निर्देशक एवं सह सचिव सुमन घिमिरेलाई मन्त्रालयको प्रशासन महाशाखा प्रमुखको जिम्मेवारी दिइएको छ। उद्योग, वाणिज्य, तथा आपूर्ति मन्त्रालयबाट सरुवा भएर आएका सहसचिव रामचन्द्र ढकाललाई प्रधानमन्त्री रोजगार कार्यक्रम प्रमुखको जिम्मेवारी दिइएको छ ।

त्यस्तै महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबाट सरुवा भएर आएकी सह सचिव रुद्रादेवी शर्मालाई वैदेशिक रोजगार विभाग अन्तर्गत रहेको काठमाडौं कार्यालयको प्रमुखको जिम्मेवारी दिइएको छ ।

सरकारले पुस तेस्रो साता ८ सह-सचिवको सरुवा गरेको थियो । सो बेला श्रम मन्त्रालयका प्रवक्तासमेत रहेका सहसचिव डा नारायण रेग्मीलाई कृषि तथा पशुपक्षी विकास मन्त्रालय र श्रम सम्बन्ध तथा सामाजिक सुरक्षा महाशाखा हेर्दै आएका सह सचिव डा. रामप्रसाद घिमिरेलाई अर्थ मन्त्रालयमा सरुवा भएका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै