2026-06-28 10:52 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रवि लामिछाने सहित तीनै जनाले पाए सफाई

2020-01-19

माघ ५, काठमाडौं । जिल्ला अदालत चितवनले आत्महत्या दुरुत्साहन मुद्दा खेपेका रवि लामिछाने सहित तीनै जनाले सफाइ दिएको छ । न्यायाधीश हेमन्त रावलको इजलासले संचारकर्मी लामिछाने, अस्मिता भनिने रुकु कार्की र युवराज कँडेललाई सफाइ दिने फैसला आइतबार सुनाएको हो। 

लामिछानेसहित ३ जना विरुद्ध भदौ ८ गते आत्महत्या दुरुत्साहन मुद्दा दायर भएको थियो। आत्महत्या दुरुत्साहनको मुद्दामा टेलिभिजन कार्यक्रम प्रश्तोता रबि लामिछानेलाई ५ लाख, पत्रकार युवराज कँडेललाई ३ लाख रुपैँया धरौटीमा र अस्मिता कार्की साधारण तारेखमा रिहा भएका थिए । 

न्यायाधीश हेमन्त रावलको इजलासले मुद्दाको अन्तिम फैसला नभएसम्म लामिछानेलाई पुडासैनीको आत्महत्या सम्बन्धी विषयमा टेलिभिजन कार्यक्रम संचालन नगर्न र नेपाल छाडेर बाहिर जाँदा अनुमति लिन पनि आदेश दिएको थियो ।

लामिछाने, कँडेल र कार्कीलाई पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा प्रहरीले साउन ३० गते पक्राउ गरेको थियो । गत वर्षको भदौ १ गतेदेखि लागू भएको मुलुकी अपराध संहिता ऐन अनुसार आत्महत्या दुरुत्साहन गर्नेलाई ५ वर्षसम्म कैद र ५० हजार रुपैँयासम्म जरिबानाको सजाँय हुने व्यवस्था बमोजिम लामिछानेसहितका तीन जनालाई सरकारी वकिलको कार्यालय चितवनले अदालतमा मुद्दा दायर गरेको थियो । 

लामिछानेसँग विगतमा न्युज ट्वान्टी फोर टेलिभिजनमा सँगै काम गरेका पत्रकार शालिकराम पुडासैनीले आफूले आत्महत्या गर्नुको मुख्य कारण लामिछाने, कँडेल र कार्की भएको भन्ने कुरा मोबाइलमा रेकर्ड गराएर गत साउन २० गते चितवनको एक होटेलमा आत्महत्या गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी