माघ १०, काठमाडौं | नेपाल एयरलाइन्सका २ दर्जन पाइलटले सामुहिक राजिनामा दिएका छन् | सेवा सुविधामा चरम विभेद भएको भन्दै उनीहरुले राजिनामा दिएका हुन् | विदेशी पाइलटको सेवा सुविधा र आफुहरुबिचको सुविधामा विभेद गरिएको उनीहरुको भनाइ छ |
धेरै काम लगाउने सेवा सुविधा थोरै, विदेशीलाई थोरै काम लगाउने भन्दै २ दर्जन पाइलटले बिहीबार साँझ व्यवस्थापनसमक्ष लिखित पत्र बुझाएका छन् | राजिनामा दिने पाइलटहरु सबै अन्तर्राष्ट्रिय उडानका जहाज उडाउने छन भने नीहरूले ३ महिनामा माग पूरा नभए राजीनामा दिने पत्रमा उल्लेख गरेका छ | यदि व्यस्थापनबाट राजीनामा स्वीकृत भएमा निगमका अन्तर्राष्ट्रिय उडान प्रभावित हुनेछन | उनीहरु लामो समय देखि सेवा सुविधाको बारेमा आफ्ना माग अगाडी राख्दै आएका छन् |
विदेशीले महिनामा १५ लाख तलब पाउँछन् भने कर पनि व्यवस्थापनले तिरिदिएको छ । नेपालीले ५ लाख तलब मात्र पाउँछन् | पाइलटका अनुसार विदेशीले महिनामा ४६ घण्टामात्र जहाज उडाउँछन् भने नेपालीले महिनामा ९५ घण्टा जहाज उडाउने गरेका छन् |
यसअघि नेपाल वायु सेवा निगमका मदन खरेलले पनि निगमको कार्यकारी अध्यक्ष पदबाट राजीनामा दिइसकेका छन् |
हेर्नुहोस् सामूहिक राजीनामा पत्र यस्तो छ :
