२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोना भाइरस के हो ? बच्ने उपाय र लक्षण यस्ता छन्

२०७६, १३ माघ सोमबार ०८:११

माघ १३, काठमाडौँ | हाल कोरोना भाइरसको संक्रमणले विश्वभरि नै त्रास फैलिएको छ | यो भाइरसका कारण छिमेकी मुलुक चिनमा ५६ जनाले ज्यान गुमाई सकेका छन्, भने नेपालमा पनि सङ्क्रमित व्यक्ति भेटिएको पुष्टि भइसकेको छ | चीनको बुहानबाट सुरु भएर बेइजिङ, मकाउ, ताइवान हुँदै नेपाल, अमेरिका अष्ट्रेलिया, थाइल्यान्ड र दक्षिण कोरिया सम्म फैलिसकेको छ | विश्वभरिका देशले विमानस्थलमा सावधानी अपनाउन थालिसकेका छन |

कोरोना भाइरस के हो ?

जनवारबाट सर्ने एक रहस्यमयी भाइरस हो यो । यो भाइरस गएको डिसेम्बरमा पत्ता लागेको थियो । कोरोना भाइरस विभिन्न प्रकारका छन् । यसअघि ६ प्रकारको भाइरस मात्र मान्छेमा संक्रमण हुन्छ भनिन्थ्यो । अहिले भने त्यसभन्दा फरक नयाँ प्रकारको कोरोना भाइरस फैलिएको हो । यसले मान्छेमा संक्रमण गर्ने क्षमता अरु कोरोना भाइरस भन्दा तिब्र एवं धेरै छ । स्वास्थ्य विशेषज्ञहरुले यो निकै भयानक रहेको बताइरहेका छन् ।

कोरोना भाइरस विभिन्न प्रकारका छन्  | यसअघि ६ प्रकारको भाइरस मात्र मान्छेमा संक्रमण हुन्छ भनिन्थ्यो तर अहिले त्यसभन्दा फरक नयाँ प्रकारको कोरोना भाइरस फैलिएको हो | अरु कोरोना भाइरस भन्दा यो भाइरसले तिब्र रुपमा मान्छेमा संक्रमण गरिरहेको छ | चिकित्सकहरुले निकै भयानक भाइरस भएको बताएका छन् |

लक्षणहरु के छन्  ?

कोरोना भाइरसले संक्रमण गरिसकेपछिको सुरुवाती लक्षण भने रुघाखोकी हुन्छ | जाडोको समयमा रुघाखोकी लाग्नु पनि सामान्य मानिन्छ | त्यसकारण यसबाट मानिसहरु  झुक्किन सक्छन |  रुघाखोकी जस्तै लागेपनि यो भाइरसले संक्रमण गरिसकेपछि क्रमस उच्च ज्वरो आउने, टाउको दुख्ने, सास फेर्न गाह्रो हुने गर्छ | यो भाइरस उटा प्रजातिको जीवबाट अर्कोमा सर्छ | यसरी सर्दै मान्छे-मान्छे बिचपनि सर्ने गर्छ |

बच्ने कसरी ?

मुख्य त यो भाइरसबाट बच्ने उपाय भनेको सरसफाईमा ध्यान दिनु र होसियारी अपनाउनु हो | रुघाखोकी लागेको व्यक्तिको सोझो सम्पर्कमा नरहने, भिडभाडमा सावधानी अपनाउने गर्नु पर्छ | नियमित रुपमा साबुन पानीले हात धुने,खोक्दा र हाक्षु गर्दा नाकर मुख छोप्ने,फ्लु जस्तो देखिएमा जोकोहीको सम्पर्कबाट टाढा रहने,फ्लुजस्तो लक्षण देखिएमा चिकित्सकको परामर्श लिने,जंगली तथा घरेलु पशुपंक्षीको सम्पर्कबाट टाढा रहने, पशुजन्य मासु/अण्डा राम्रोसंग पखालेर मात्र खाने |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल