2026-06-27 11:09 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ट्रकमा पालैपालो यौनसम्पर्कपछि तेस्रोलिङ्गीको हत्या,पैसाको कुरा नमिलेपछि हत्या गरेको खुलासा

2020-02-04

माघ २१, हेटौंडा | हेटौंडा-११ की तेस्रो लिङ्गी अजिता भुजेलको हत्यामा संलग्न ५ जनालाई पक्राउ गरेको छ | अजिता भुजेल गत माघ ४ गते बिहान हेटौंडाको क्याम्पडाँडामा हत्या गरिएको अवस्थामा भेटिएकी थिइन् | मंगलबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै जिल्ला प्रहरी कार्यालय, मकवानपुरले हत्यामा संलग्न ५ आरोपीलाई सार्वजनिक गरेको छ | 

हेटौंडा–९ का १८ वर्षीय सिमोन परियार, हेटौंडा–४ का २५ वर्षीय सुशील थापा मगर, हेटौंडा–११ कि २० वर्षीया एलिसा पाख्रिन, हेटौंडा–४ का २४ वर्षीय आशिष बल र हेटौंडा–४ का २१ वर्षीय बुद्ध लामा लाइ सार्वजनिक गरिएको हो | उक्त घटनामा संलग्न दुई जना भने फरार रहेका छन् | 

उनको हत्या भएको १५ दिन पछि प्रहरीले अनुसन्धानका क्रममा घटनामा संलग्नलाई सार्वजनिक गरेको हो | सिमोन परियारले ल्याएको ना ६ ख ६५२७ नम्बरको ट्रकको क्याबिनमा चारैजनाले यौनसम्पर्क गरेको र पैसामा कुरा नमिलेपछि अजिताको हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको छ | ट्रकभित्रै बिजुलीको तारले घाँटी अठ्याएर हत्या गरेर शव उनीहरुले ट्रकमै राखेर क्याम्पाडाँडामा लगेर फालेको प्रहरीसमक्ष बयान दिएका छन् |

अजिताको हराएको मोबाइल बुद्ध लामाले साथी आशिषलाई दिएका थिए | हत्यापछि अजिता मोबाइल आशिषले लगेको पाइएको छ | उक्त मोबाइल आशिषले आफ्नी पत्नी एलिसालाई दिए र वाइल अन भएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो |

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी