१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सिरियामा हवाई आक्रमण,९ जनाको मृत्यु

२२ माघ २०७६, बुधबार १०:१८

माघ २२, एजेन्सी | सिरियाको इदलिब प्रान्तमा रुसी सेनाले गरेको हवाई कारबाहीमा नौ जना सर्वसाधारण मारिएका छन् । विद्रोहीलक्षित कारबाहीमा परेर सर्वसाधारण मारिएका हुन् । रुसआबद्ध सेनाले बुधबार बिहानै इदलिब क्षेत्रमा आक्रमण गरेको अधिकारीहरुले जनाएका छन् । 

मारिएका सर्वसाधारणमा केही बालबालिका समेत रहेका मानवअधिकारवादी संघसंस्थाहरुले जानकारी दिएका छन् | ‘सिरियन अब्जरभेटरी अफ ह्युम्यान राइट्स’ले इदलिब क्षेत्रमा केही समय यतादेखि हिंसात्मक हमला नभएकोमा सोमबार यस प्रकारको हमला भएको पाइएको जनाएको छ |

आक्रमण सोमबार बिहानबाट निरन्तर रहेको बताइएको छ । अधिकारीहरुले हवाई आक्रमण रुसआबद्ध रहेको सेनाले गरेको हुनसक्ने अनुमान गरेका छन् | सिरियाली सरकारको सहयोगमा रुसमा विद्रोहीलाई लक्ष्यगरी रुसी सेनाले विभिन्न प्रान्तमा गर्दै आएको हवाई आक्रमणहरुमा बारम्बार सर्वसाधारणको ज्यान गएको पाइन्छ । सिरियामा सन् २०११ को मार्च महिनाबाट यहाँका राष्ट्रपति बसर अल असदको राजिनामाको माग गर्दै जनआन्दोलनमा सुरु भएको थियो । जनआन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भएको थियो । 

वर्षौँदेखि जारी गृह युद्धका क्रममा सिरियामा अहिलेसम्म तीन लाख ७० हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् । गृृहयुद्धबाट लाखौँ व्यक्ति घाइते भएका  छन् । हिंसामा परी दशौँ लाख मानिस छिमेकी देशमा शरणार्थी बन्न बाध्य भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव