2026-09-14 01:01 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

एमसीसी राष्ट्रघाती छ –गृहमन्त्री थापा

महेन्द्र केसी/पर्वत । अमेरिकियन मिलिनियम च्यालेन्ज कपरेसन (एमसीसी) राष्ट्र हित विपरित भएको उपप्रधान तथा गृहमन्त्री रामबहादुर थापा बादलले बताएका छन् ।

आइतबार पर्वत जिल्ला प्रशासन कार्यालयको भवन उद्घाटनका लागि आएका मन्त्री थापाले एमसीसी परिमार्जन  नगरि कार्यान्वयनमा ल्याए देशमाथि नै ठूलो घात हुने बताएका हुन् । एमसीसीमा राखिएका प्रभावधानहरु राष्ट्रघाती छन् त्यसैले जस्ताको तस्तै पारित गर्न सकिदैन उनले भने ।

एमसीसी इन्डोप्यासिफिक अन्तरगतकै रणनीति भएको र चीनलाई घेर्ने रणनीति भएका कारण तत्काल एमसीसी पारित गरे देशमाथि नै ठूलो खतरा हुने उनले बताए ।

मन्त्री थापाले नेकपाभित्र अझै पनि विभेद भएको भन्दै पार्टीले तत्काल नीति परिर्वतन गर्नुपर्ने बताए । उनले महिला नेतृहरुलाई अझै पनि अपमान गरिएको भन्दै नेकपाको विधान नै गलत भएको दाबी गरे ।

प्रशासन भवनको उद्घाटन गर्दैै उनले नागरिकको हित बमोजिम छिटो र तीब्र गतिमा काम गर्न कर्मचारीलाई निर्देशन दिए । उनले जिल्ला प्रशासन जिल्लाको शान्ति सुरक्षाको व्यवस्था गर्न चुक्न नहुने भन्दै नागरिकलाइ्र्र शान्ति प्रत्याभूति दिलाउने गरी काम गर्न प्रहरी प्रशासनलाई निर्देशन दिए ।

जिल्ला प्रशासन भवन ६ करोडको लागातमा निर्माण भएको  हो । नयाँ भवनबाट प्रशासनले सेवा संचालन गरेपनि अपाङ्गगता मैत्री नभएको सरोकारवालाहरुले गुनासो गरेका छन् ।

भिडियो

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले