८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सामसुङको नयाँ सेट ‘एस २०’ र ‘एस २०’ प्लस नेपाली बजारमा,यस्तो छ मूल्य र फिचर्स

१९ फाल्गुन २०७६, सोमबार ०६:५१

फागुन १९,काठमाडौं | स्मार्टफोन ब्रान्ड सामसङ नेपालले ग्यालेक्सी एस २० र एस २० प्लसको प्रि ल्याएकोछ | यी मोबाइल सेट फाल्गुन ३० गतेदेखि नेपाली बजारमा उपलब्ध हुने कम्पनीले जनाएको छ | प्रि–अडर गर्ने उपभोक्ताले तोकिएको मितिभन्दा अगाडि पाउने पनि कम्पनीले जनाएको छ |

स्थानीय बजारमा ग्यालेक्सी एस २० को बजार मूल्य १ लाख ७ हजार ५ सय र एस २० प्लसको १ लाख १९ हजार ५ सय रहेको छ | ग्यालेक्सी एस २० सिरिजमा प्रयोग गरिएको क्यामेरा विश्वको पहिलो आविष्कार रहेको कम्पनीले जनाएको छ । त्यसमा उच्चस्तरीय फोटो एवं भिडियो सम्पादन गर्न सकिने, जीवन्त रूपमा फोटो खिच्ने तरिका एवं आफ्नो विषयवस्तुलाई बेग्लै तरिकाबाट प्रस्तुत गर्ने स्वतन्त्रता रहेको कम्पनीले जनाएको छ । 


ग्यालेक्सी एस २० सिरिजमा रहेका अन्य सुविधाहरूमा ६४ मेगापिक्सलको क्यामरा र सेन्सर, सुपर जुम, सिंगल टेक, प्रो–ग्रेड–फ्लिमिङ्ग रहेको जनाइएको छ | ग्यालेक्सी एस २० तथा एस २० प्लसमा नेपालका कुनै पनि सामसङको स्टोरमा पाँच हजार जम्मा गरेर अर्डर गर्न सकिने कम्पनीले जनाएको छ । ग्यालेक्सी एस २० प्लस अग्रिम अर्डर गरेका ग्राहकहरूले ग्यालेक्सी बड्सप्लस निःशुल्क वा ३२ इन्चको सामसङ टिभि ६ हजारमा खरिद गर्न सक्न पनि कम्पनीले जनाएको छ |

यस्तै ग्यालेक्सी एस २० अग्रिम अर्डर गरेका ग्राहकले ३ हजार थप गरी ग्यालेक्सी बड्सप्लस वा ३२ इन्चको सामसङ टिभी ९ हजारमा खरिद गर्न सक्नेछन् | यसैगरी अग्रिम अर्डर गरेका ग्राहकहरूले ग्यालेक्सी उपहार स्वरूप टर्किस एअरलाइन्स, एस ट्राभल्सको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्याकेज, लेट मिइनका सेवा, बयोधा हस्पिटलमा एवं केजीएच ग्रुपको प्रोपर्टिजमा भारी छुट पाउने कम्पनीले जनाएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ