Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सामसुङको नयाँ सेट ‘एस २०’ र ‘एस २०’ प्लस नेपाली बजारमा,यस्तो छ मूल्य र फिचर्स

२०७६, १९ फाल्गुन सोमबार ०६:५१

फागुन १९,काठमाडौं | स्मार्टफोन ब्रान्ड सामसङ नेपालले ग्यालेक्सी एस २० र एस २० प्लसको प्रि ल्याएकोछ | यी मोबाइल सेट फाल्गुन ३० गतेदेखि नेपाली बजारमा उपलब्ध हुने कम्पनीले जनाएको छ | प्रि–अडर गर्ने उपभोक्ताले तोकिएको मितिभन्दा अगाडि पाउने पनि कम्पनीले जनाएको छ |

स्थानीय बजारमा ग्यालेक्सी एस २० को बजार मूल्य १ लाख ७ हजार ५ सय र एस २० प्लसको १ लाख १९ हजार ५ सय रहेको छ | ग्यालेक्सी एस २० सिरिजमा प्रयोग गरिएको क्यामेरा विश्वको पहिलो आविष्कार रहेको कम्पनीले जनाएको छ । त्यसमा उच्चस्तरीय फोटो एवं भिडियो सम्पादन गर्न सकिने, जीवन्त रूपमा फोटो खिच्ने तरिका एवं आफ्नो विषयवस्तुलाई बेग्लै तरिकाबाट प्रस्तुत गर्ने स्वतन्त्रता रहेको कम्पनीले जनाएको छ । 


ग्यालेक्सी एस २० सिरिजमा रहेका अन्य सुविधाहरूमा ६४ मेगापिक्सलको क्यामरा र सेन्सर, सुपर जुम, सिंगल टेक, प्रो–ग्रेड–फ्लिमिङ्ग रहेको जनाइएको छ | ग्यालेक्सी एस २० तथा एस २० प्लसमा नेपालका कुनै पनि सामसङको स्टोरमा पाँच हजार जम्मा गरेर अर्डर गर्न सकिने कम्पनीले जनाएको छ । ग्यालेक्सी एस २० प्लस अग्रिम अर्डर गरेका ग्राहकहरूले ग्यालेक्सी बड्सप्लस निःशुल्क वा ३२ इन्चको सामसङ टिभि ६ हजारमा खरिद गर्न सक्न पनि कम्पनीले जनाएको छ |

यस्तै ग्यालेक्सी एस २० अग्रिम अर्डर गरेका ग्राहकले ३ हजार थप गरी ग्यालेक्सी बड्सप्लस वा ३२ इन्चको सामसङ टिभी ९ हजारमा खरिद गर्न सक्नेछन् | यसैगरी अग्रिम अर्डर गरेका ग्राहकहरूले ग्यालेक्सी उपहार स्वरूप टर्किस एअरलाइन्स, एस ट्राभल्सको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्याकेज, लेट मिइनका सेवा, बयोधा हस्पिटलमा एवं केजीएच ग्रुपको प्रोपर्टिजमा भारी छुट पाउने कम्पनीले जनाएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै