१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

गैँडाकोटका जनप्रतिनिधिले सेवा सुविधा नलिने

२१ फाल्गुन २०७६, बुधबार १६:५१

फागुन २१, नवलपुर | गैँडाकोट नगरपालिकाका जनप्रतिनिधिले सेवा सुविधा नलिने भएका छन् । नगरपालिकाको आज सम्पन्न छैठौँ नगरसभामा नगरप्रमुख छत्रराज पौडेलले प्रस्तुत गर्नुभएको सेवा सुविधा लिने बारेको प्रस्ताव नगरसभाले खारेज गरेको हो । 

जनप्रतिनिधिले तलब सुविधा लिन नपाउने संवैधानिक व्यवस्था भएकाले केही राहत मिलोस् भनेर समिति बनाएर सुविधा उपलब्ध गराउने तयारी गरिएको भए पनि नगरसभाले उक्त प्रस्ताव अस्वीकृत गरेको नगरप्रमुख पौडेलले बताउनुभयो । त्यस्तै सो नगरसभाले लेखा, सुशासन र विधेयक समिति गठन गर्ने प्रस्ताव अस्वीकृत गरेको छ ।

त्यस्तै नगरप्रमुख पौडेलले सभामा प्रस्तुत गर्नुभएको गैँडाकोट नगर शिक्षा विधेयक २०७६ अस्वीकृत भएको उहाँले जानकारी दिनुभयो । नगरमा आर्थिक पारदर्शिता राख्न, सुशासन कायम गर्न तथा आवश्यक विधान बनाउनका लागि निर्माण गरिएको समिति नगरसभाले खारेजी गरेको प्रति नगरप्रमुखले दुःख व्यक्त गर्नुभयो । त्यस्तै शिक्षा सर्वसुलभ होस् भनेर ल्याइएको विधेयक अस्वीकृत भएको पौडेलको भनाइ छ । 

नगर उपप्रमुख विष्णुकुमारी कँडेलले काँग्रेसका मान्छे समितिमा नराखिएको भन्दै आफूहरुले नगरसभाबाट सबै प्रस्ताव अस्वीकृत गरेको बताउनुभयो । नगरसभामा काँग्रेसको दुई तिहाइ भएको अवस्थामा नगरप्रमुखले बनाएको समितिमा काँग्रेस निकटका मान्छे नभएकाले प्रस्ताव अस्वीकृत गरिएको उहाँको भनाइ छ । 

नगर प्रमुख पौडेलले भने समितिमा काँग्रेस, नेकपा र जनमोर्चाबाट निर्वाचित भएका जनप्रतिनिधिलाई राखिएको बताउनुभयो । गैँडाकोटको २८ सदस्यीय नगर कार्यपालिकामा १८ जना काँग्रेसबाट छन् भने ९३ सदस्यीय नगरसभामा ६८ काँग्रेसबाट निर्वाचित जनप्रतिनिधि छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण