Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सरकारले दियो टुटल र पठाओलाई यस्तो चेतावनी

२०७६, २८ फाल्गुन बुधबार ०७:४३

फागुन २८, काठमाडौं | सरकारले विभिन्न प्रयोजनका लागि दर्ता भएका सवारीसाधहरुलाई सार्वजनिक सवारीको रूपमा प्रयोग नगर्न चेतावनी दिएको छ | यातायात व्यवस्था विभागले मंगलबार सुचना जारी गर्दै विभिन्न प्रयोजनका लागि दर्ता भएका सवारीसाधनले कानूनको उल्लंघन गरी भाडामा यात्रु बोकेमा प्रचलित कानून बमोजिम कारबाही गर्ने चेतावनी पनि दिएको हो |

सवारी यातायात व्यवस्था ऐन २०४९को दफा १२को उपदफा १ मा कुनै एक प्रयोजनका लागि दर्ता भएको सवारी अन्य प्रयोजनमा उपयोग गर्न नपाइने व्यवस्था छ | कुनै एक प्रयोजनका लागि दर्ता भएको सवारी अन्य प्रयोजनमा प्रयोग गर्दा उक्त व्यवस्था विपरित हुने भएकाले उक्त कार्य गरेमा कानुन बमोजिम कारबाही हुने विभागले जारी गरेको सूचनामा उल्लेख छ |


‘सवारी तथा यातायात व्यवस्था ऐन, २०४९’ अनुसार निजी प्रयोजनका लागि दर्ता भएका रातो नम्बर प्लेटका सवारीमा भाडामा यात्रु बोक्नु गैरकानूनी हो |' विभागले जारी गरेको सूचनामा भनिएको छ,'ऐनको दफा ८ को उपदफा २ मा एउटा प्रयोजनका लागि दर्ता भएका कुनै पनि सवारी अर्को प्रयोजनमा प्रयोग गर्न नपाइने व्यवस्था छ |'

बुधबार ट्याक्सी व्यवसायीहरुले टुटल र पठाओलाई कानून विपरित सेवा प्रदान गर्न छुट दिइएको भन्दै विभाग घेराउ गरेका थिए | उक्त दबावपछि विभागले सूचना जारी गर्दै यस्तो गरेको पाइएमा कारबाही गर्ने चेतावनी दिएको हो |

निजी प्रयोजनमा दर्ता भएका रातो नम्बर प्लेटका सवारी साधन टुटल र पठाओ जस्ता मोबाइल एपमार्फत सेवा प्रदान गर्ने कम्पनीले सार्वजनिक यातायातको रुपमा सेवा दिइरहेका छन् | यधपी विभागले सूचनामा टुटल र पठाओ नाम उल्लेख भने गरेको छैन |

विभागले टुटल तथा पठाओको सेवा रोक्ने उद्धेष्यले जारी गरेको गरेको सूचना कार्यान्वयन भएमा निजी सवारीलाई पनि भाडा लिएर यात्रु बोक्दै आएको टुटल, पठाओको मोटरसाइकलमा यात्रु बोक्ने सेवा प्रभावित हुनेछ |

यस्तै विभागले आफनो निर्णय कार्यान्वयन भए नभएको बारेमा माताहत निकाय र अन्य सम्वन्धित् निकायबाट कडाईका साथ अनुगमन गरिने चेतावनी दिएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै