८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बैंकमा नगई डिजिटल कारोबार गर्न बैंकर्स संघको अनुरोध, बैंकिङ कारोबार गर्दा शुल्क नलाग्ने

७ चैत्र २०७६, शुक्रबार ०८:३६

चैत्र ७, काठमाडौं । अबदेखि केहि समयका लागि डिजिटल बैंकिङ कारोबार गर्दा शुल्क नलाग्ने भएको छ । कोरोना भाइरसबाट उत्पन्न हुनसक्ने संभावित जोखिम न्यूनकरण गर्न नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स संघ र फाइनान्स कम्पनी एशोसिएशनले विज्ञप्ति जारि गर्दै डिजिटल बैंकिङ कारोबारमा शुल्क नलाग्ने व्यवस्था गरेको जनाएका छन् ।

अत्यावश्यक अवस्थामा बाहेक शाखामा नजानु हुन, भिडभाड कम गर्न तथा कोरोना संक्रमणबाट जोगिन/जोगाउनका निमित्त सहयोग गर्नका लागि ग्राहकहरुलाई अनुरोध गर्दै ग्राहकहरुलाई डिजिटल कारोबारमा सेवा शुल्क नलिने निर्णय गरिएको बैंकर्स संघले जनाएका छन् । साथै ग्राहकहरुलाई सकेसम्म बैंकमा नआउन आग्रह गरेका छन् ।

विश्वका धेरै देशहरु कोरोनाको संक्रमणले आक्रान्त भएको र विश्व स्वास्थ्य संगठनले पनि नेपाललाई जोखिमपूर्ण राष्ट्रको रुपमा उल्लेख गर्दै बैंकरहरुले ग्राहकलाई यस्तो अपिल गरेका हुन् ।

‘कोरोना सङ्क्रमण बढ्न सक्ने एक माध्यम बैंक नोटहरु पनि हुन सक्ने देखिएकोले सम्भब भएसम्म नोट कारोबारको सट्टा कार्ड तथा विद्युतिय कारोबारको माध्यम प्रयोग गर्नुहुन सबैमा अनुरोध गर्दछौं,’ तीनवटै संघद्वारा एकीकृत रुपमा जारी जारी विज्ञप्तीमा भनिएको छ ।

शाखाहरुमा भिडभाड कम गर्न तथा विद्युतिय कारोबारलाई प्रोत्साहन गर्न बैंक तथा वित्तीय संस्थाहरुले इन्टरनेट/मोबाइल लगायत विभिन्न विद्युतिय माध्यमवाट गरिने कारोवार, कुनै पनि बैंक तथा वित्तीय संस्थाको कार्ड नेपाल भित्र अन्य कुनै पनि बैंक तथा वित्तीय संस्थाको एटीएम प्रयोग गर्दा कुनै शुल्क नलिने जनाएका छन् ।

त्यसैगरी, नेपाल क्लियरिङ हाउसले प्रदान गर्ने कनेक्ट आइपिएस सेवामा कुनै शुल्क लाग्ने छैन । उपरोक्त सेवा/सुबिधाहरुमा शुल्क नलाग्ने व्यवस्था अर्को सूचना प्रकाशित नभएसम्मका लागि उपलब्ध हुने जनाइएको छ ।

‘इन्टरनेट/मोबाइल बैंकिङ्ग सेवा लिनु भएका ग्राहकहरुले आफ्नो पासवर्ड बिर्सिएमा वा अन्य कुनै प्राबिधिक समस्या भएमा आफ्नो सम्बन्धित शाखामा फोन मार्फत् सम्पर्क गर्नुहुन अनुरोध गर्दछौं,’ जारी विज्ञप्तीमा भनिएको छ ।

उपप्रधानमन्त्रीको संयोजकत्वमा गठित कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको मिति २०७६/१२/०५ मा बसेको निर्णय अनुसार एकपटकमा २५ जना भन्दा बढी जम्मा नहुन, अत्यावश्यक काम बाहेक आवतजावत र हिँडडुल नगर्न, लगायत बिभिन्न निर्देशन दिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने