२०८३, १० बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

प्रचारबाजीका साथ विशेषज्ञ आए, सामान बुझाए, गए !

२०७६, १८ चैत्र मंगलवार ०२:५४

चैत १८, काठमाडौँ | ठूलै प्रचारबाजीका साथ काठमाडौंबाट आएको चिकित्सकको टोली ५० थान पिपिई, २० थान नमूना संकलन किट, स्यानिटाइजर र मास्क धौलागिरि अञ्चल अस्पताललाई बुझाएर बागलुङबाट फर्किएको छ । स्वास्थ्य विभागले पठाएको सामग्री लिएर डा झलक गौतम र जनस्वास्थ्य अधिकृत रामबहादुर नेपाली सोमबार बिहान बागलुङ आइपुग्नुभएको थियो । डा गौतम स्वास्थ्य विभागका बालरोग तथा खोप महाशाखाका प्रमुख र नेपाली वरिष्ठ जनस्वास्थ्य अधिकृत हुनुहुन्छ  । 

उहाँहरु आउने खबरले बागलुङमा विदेशबाट आएका संक्रमित युवतीसँगको सम्पर्कमा आएकाहरुको नमूना संकलन हुने आशा जगाएको अञ्चल अस्पताल विकास समितिका सदस्य शालिग्राम शर्माले सुनाउनुभयो । उहाँहरु सामान मात्रै छाडेर हिँडेकाले त्रासमा रहेको बागलुङले राहत महसुस गर्न सकेको छैन ।

उहाँहरुले अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केबी राना मगरलाई उक्त सामग्री बुझाएर फर्केको अस्पताल व्यवस्थापन समितिका सदस्य शर्माले बताउनुभयो । उहाँहरुसामु अस्पतालका चिकित्सक र व्यवस्थापन समितिका सदस्यले यहाँका समस्या राखेका थिए । सङ्घीय सांसद डा सूर्य पाठकले काठमाडौंबाट बागलुङका लागि १०० थान पिपिई लिएर जनशक्ति हिँडेको बताइए पनि अस्पतालमा भने ५० थान मात्रै ल्याइएको छ र उहाँहरुले आवश्यक परामर्श र कोरोना संक्रमित युवतीको परिवारको स्वाब संकलनमा सहयोग गर्ने पाठकले बताए पनि उहाँहरु सामग्री हस्तान्तरणलगत्तै जिल्लाबाट बाहिरिनुभएको थियो । 

अपुरो भेण्टिलेटर, अस्पतालले लिन मानेन्

प्रादेशिक स्वास्थ्य निर्देशनालयले पठाएका स्वास्थ्य सामग्री बागलुङ आइपुगेका छन् । अञ्चल अस्पतालमा पठाइएका सामग्रीमध्ये भेण्टिलेटर भने अस्पतालले लिन मानेन । भेण्टिलेटरमा पूर्ण सामग्री नरहेको भन्दै अस्पतालले बुझ्न इन्कार गरेको हो ।

‘ब्याट्री, ब्याकअप, मिटरलगायत केही सामग्री अपूर्ण रहेछन्, हामीले अलग्गै राखेका छौं’, निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा शैलेन्द्र बी पोखरेलले भन्नुभयो ‘शायद सामग्री पूरा होला, अनि त्यसपछि बुझौँला ।’

कोरोनाका बिरामीलाई श्वासप्रश्वासमा जुनसुकै बेला आइपर्ने समस्याका लागि भेण्टिलेटरको आवश्यकता हुन्छ । सघन उपचार कक्ष (आइसियू) नभएकाले भेण्टिलेटरको प्रयोग पूर्ण नभए पनि यसले उपचारमा सघाउने उहाँले बताउनुभयो । भेण्टिलेटरका विषयमा अस्पतालले निर्देशनलायलाई जानकारी गराइसकेको छ । निर्देशनालयले पठाएका २५ थान पिपिई, आठ थान भिटिएम, स्वाब संकलन किट, मास्क, स्यानिटाइजरलगायत सामग्री प्राप्त भएको उहाँले बताउनुभयो  । 

परिवारका सातसहित ११ को नमूना 

संक्रमित युवतीसँग यही चैत ४ गते एयर अरेबियाको एउटै जहाजमा आएका ढोरपाटन नगरपालिकाका एक युवक, बागलुङ नगरपालिका गौँडाकोटकी महिला र कुँडुलेकी युवतीको परिवारका सात सदस्यको नमूना संकलन भएको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ । ती युवतीसँगै काठमाडौँदेखि बागलुङ बजारसम्म यात्रा गरेका काठेखोला गाउँपालिका घर भई बागलुङ बजारमा बस्दै आएका अर्का एकको समेत कोरोना परीक्षणका लागि स्वाब संकलन भएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जानकारी दिनुभयो । स्वाब आज दिउँसो मात्रै पोखरा पठाउने तयारी भइरहेको छ । स्पेनबाट आएका काठेखोला गाउँपालिकाका अर्का एक युवकमा समेत कोरोनासँग मिल्दो लक्षण देखापरेकाले आज उनको समेत स्वाब लिएर सबै नमूना एकैसाथ परीक्षणका लागि पठाइनेछन् ।

बुर्तिबाङमा रहेका युवाको स्वाब संकलनका लागि भने स्वास्थ्य कार्यालयका प्राििवधक डिल्ली आचार्य उनको गाउँमै पुग्नुभएको थियो । उनको घर सदरमुकामबाट झण्डै एक सय किलोमिटर टाढा  छ ।

 बागलुङ नगरपालिका–४ की ती युवतीको कोरोना परीक्षण गर्दा गत शनिबार नतिजा पोजेटिभ आएको थियो । ‘हामीले फोन ट्रेसिङ गरिरहेका छौं, संक्रमितसँग एकदमै नजीक रहेकाहरुलाई परीक्षण गरिहाल्ने योजना छ’, गुरौले भन्नुभयोे ‘प्रोटोकलअनुसार लक्षण देखापरेपछि मात्रै अन्य सम्भावितको जाँच हुन्छ ।’ पछिल्लो समय जाँचका लागि पठाइएका १० जनासहित बागलुङमा कोरोना जाँच हुनेको सङ्ख्या १३ पुगेको छ । यसअघि नमूना पठाइएका बागलुङ नगरपालिकाकै दुई जनाको नतिजा भने नेगेटिभ आएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा