८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मोबाइल भ्यानमार्फत खाद्यान्न बिक्री गर्दै साल्ट ट्रेडिङ

१९ चैत्र २०७६, बुधबार १५:१६

चैत १९, काठमाडौँ | कोरोना भाइरस संक्रमणलाई ध्यानमा राखी नेपाल सरकारले दुई साता लामो लकडाउन गर्दा उपभोक्तालाई समस्या भएकाले सरकारी स्वामित्वमा सञ्चालित साल्ट ट्रेडिङले खाद्यान्नको बिक्रीवितरण गरेको छ ।  कर्पाेरेशनले आज मोबाइल भ्यानमार्फत नुन, चिनी, मैदा, दाल तथा गेडागुडी बिक्री गरिएको जनाएको छ ।

उपभोक्ताको मागअनुसार भ्यान पठाएर खाद्यान्न बिक्री गरिँदैआएकामा आज  काठमाडौँ, ललितपुर र भक्तपुरका विभिन्न वडामा गएर बिक्री गरिएको साल्ट ट्रेडिङका सूचना अधिकृत कुमारराज भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार आजका लागि तीन स्थानमा विभिन्न मार्ग बनाएर खाद्यान्न बिक्री गरिएको थियो । सोअनुसार सामाखुसी, टोखा, ग्वङ्गबँ, गौरीगाउँ र  जाल्पाचोक क्षेत्रमा रु एक लाख पाँच हजारको खाद्यान्न बिक्री गरिएको छ । त्यस्तै बालाजु, नयाँबजार, खुसीबँ र चक्रपथ क्षेत्रमा रु ८६ हजार र कुपण्डोल, हनुमानस्थान, सानेपा, पाटनलगायत क्षेत्रमा रु ८० हजार बराबरको खाद्यान्न बिक्री गरिएको छ ।

फाइल तश्वीर

त्यस्तै कालीमाटी काउण्टरबाट आज मात्र रु ९५ हजार ६ सयभन्दा बढी खाद्यान्न बिक्री गरिएको उहाँले जानकारी दिनुभयो । तीन मोबाइल भ्यान र कार्यालयबाट गरी आज  मात्र रु तीन लाख ६६ हजार सात सयभन्दा बढीको कारोवार भएको छ ।

घुम्ती सेवाबाहेक साल्ट ट्रेडिङले कालीमाटी, सतुङ्गल र कोटेश्वर गरी तीन स्थानबाट आउटलेट राखी खाद्यान्न र ग्यासको बिक्री गर्दै आएको छ । हाल लकडाउनका समयमा  हुने चर्को मूल्यवृद्धि र खाद्यान्नबाट उपभोक्तालाई केही राहत दिन मोबाइल भ्यानबाट घुम्ती सेवा दिइहेको सूचना अधिकृत भण्डारीले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने