२४ मंसिर २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संक्रमित वृद्धाको धौलागिरि अस्पतालमा उपचार हुँदै

२१ चैत्र २०७६, शुक्रबार ०३:१०

खेमराज गौतम | चैत २१, गलकोट (रासस) | बिहीबार कोरोना संक्रमित पुष्टि भएको बागलुङकी एक ६५ वर्षीयालाई धौलागिरि अञ्चल अस्पताल बागलुङमा ल्याएर उपचार शुरु गरिएको छ ।  होम क्वारेन्टाइनमा बस्दै आउनुभएका वृद्धालाई कोरोना पुष्टि भएसँगै बिहीबार साँझ धौलागिरि अञ्चल अस्पतालमा ल्याएर आइसोलेशन वार्डमा भर्ना गरिएको अस्पतालले जनाएको छ । उक्त वृद्धाको स्वास्थ्य अवस्था भने सामान्य  छ । संक्रमित वृद्धा यही चैत ४ गते बेल्जियम हुँदै कतारको दोहाबाट नेपाल आउनुभएको थियो । 

क्यूआर ६५२ को फ्लाइटमा दोहाबाट काठमाडौं आउनुभएका उहाँ सँगै बागलुङमा कोरोना संक्रमित दुई भएका छन् । उहाँ सवार विमानमा संँगै आएका बागलुङकै एक किशोरीमा कोरोना पुष्टि भएसंगै वृद्धाको समेत स्वाब परीक्षणका लागि काठमाडौँ पठाइएको थियो ।  बिहीबार आएको नमूना स्वावको रिपोर्टमा पोजेटिभ देखिएकाले उहाँलाई अञ्चल अस्पतालमा ल्याएर उपचार गर्न थालिएको  अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा शैलेन्द्र बी पोखरेलले जानकारी दिनुभयो । 

“उपचाररत दुवै संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ” पोखरेलले भन्नुभयो, “हामी सुरक्षित तरिकाले उपचारमा खटिरहेका छौँ, तपाईँहरु घरमै बस्नुहोस्, समस्या भए तुरुन्तै अस्पताललमा सम्पर्क राख्नुहोस् ।”

चैत १५ गते भएको स्वास्थ्य परीक्षणमा बेल्जियमबाट कतार हुँदै क्यूआर ६५२ नम्बरको उडानमा  चैत ४ गते नेपाल आएकी बागलुङकी युवतीमा कोरोना पुष्टि भइसकेको छ । उक्त युवतीको पनि अञ्चल अस्पतालमा उपचार भइरहेको छ । उनको दोस्रो पटकको स्वाब परीक्षणको काम भइरहेको छ । बागलुङमा दुई जनालाई कोरोना पुष्टि भएसँंगै बागलुङ कोरोनाको इपिसेन्टर बन्दै गएको भनी यहाँका नागरिकले थप सतकर्तता अपनाउन थालेका छन् । 

सहकारी दिवसको खर्च  कोषमा

जिल्लामा क्रियाशील आदर्श सञ्चार सहकारी संस्था लिमिटेडले राष्ट्रिय सहकारी दिवस मनाउनका लागि छुट्टयाएको रकम कोरोना रोकथाम तथा नियन्त्रण कोषमा सहयोग गरेको छ ।  सहकारी दिवसका अवसरमा सहकारीले विभिन्न कार्यक्रम गर्नका लागि विनियोजन गरेको रु. एक लाख कोभिड–१९ का कारण स्थगन भएपछि उक्त रकम कोषमा सहयोग गरिएको आदर्श सञ्चार सहकारी संस्थाले जनाएको छ । 

सस्थाले ६३ औं राष्ट्रिय सहकारी दिवसका लागि विनियोजन भएको रु एक लाखमध्ये बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकाले सञ्चालन गरेको कोरोना नियन्त्रण तथा रोकथाम कोषमा रु ५० हजारका दरले बिहीबार सहयोग गरेको संस्थाका अध्यक्ष हुमाकुमारी जिसीले जानकारी दिनुभयो ।  

बागलुङ जिल्लामा क्रियाशील आदर्श सञ्चार सहकारी संस्था लिमिटेडले राष्ट्रिय सहकारी दिवस मनाउनका लागि छुट्टयाएको रकम कोरोना रोकथाम तथा नियन्त्रण कोषमा सहयोग गरेको छ ।  सहकारी दिवसका अवसरमा सहकारीले विभिन्न कार्यक्रम गर्नका लागि विनियोजन गरेको रु। एक लाख कोभिड–१९ का कारण स्थगन भएपछि उक्त रकम कोषमा सहयोग गरिएको आदर्श सञ्चार सहकारी संस्थाले जनाएको छ । 

संस्थाले ६३ औं राष्ट्रिय सहकारी दिवसका लागि विनियोजन भएको रु एक लाखमध्ये बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकाले सञ्चालन गरेको कोरोना नियन्त्रण तथा रोकथाम कोषमा रु ५० हजारका दरले बिहीबार सहयोग गरेको संस्थाका अध्यक्ष हुमाकुमारी जिसीले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की एनपिएल : पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर आमनेसामने मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ