Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

मोदी ५ मा राहत वितरणमा मनपरी, गरिबमाथि यस्तो दुव्र्यवहार (भिडियोसहित)

By kit 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

पर्वत ।  पर्वतको मोदी गाउँपालिकामा राहत वितरणमा राजनीतिकरण भएको भन्दै विवाद चलेको छ  । मोदी गाउँपालिका ५ बाजुङमा जनप्रतिनिधिले एकद्वारको नाममा पहुँचवालालाई राहत वितरण गरेको पाइएको हो ।

वडा कार्यालय मातहमा राहत वितरणमा जनप्रनिधिले राजनीतिक पहुँचका आधारमा एकै घरका ससुरा बुहारीलाई राहत वितरण गरेको र बास्तविक पीडितलाई धम्काएको खुलासा भएको छ ।  हामीलाई प्राप्त १५ मिनेटको भिडियो क्लिपमा वडा तहका जनप्रतिनधिहरुले राहत वितरणमा कमजोरी भएको स्वीकार गरेका छन् ।

राहत वितरणमा आक्रोशि भिडियोमा देखिकी एक महिलाले गरीब, मजदुृर, एकल महिला, पीडितलाई स्थानीय जनप्रतिधिहरुले नहेरेको गुनासो गरेकी छिन् ।

अति बिपन्न परिवारलाई छनोट नगरी खान लाउन सक्ने, आफ्नै्र उद्योगधन्दा भएका व्यक्तिहरुलाई पनि राहत वितरण गरेको स्थानीबासीले बताएका छन् । राहत वितरणमा पुगेकी एक कर्मचारीले १ बोरा चामलको लागि झगडा गर्दा १० हजारको उपचार खर्च होला भनेको अडियो पनि सुन्न सकिन्छ ।

मोदी ५ का वडाअध्यक्ष  दलबहादुर मल्लले भने राहत वितरणमा केही कमजोरी भने भएको स्वीकार गरेका छन् ।  उनले राजनीतिक दलहरुले पनि राहत वितरणको लागि लिष्ट पठाएको र आफूले अनुगमन र  वडा तहमा भएका टोलविकास समितिको आधारमा  राहत वितरण गरेको बताए । अध्यक्षले भने हामीले कलष्टर निर्माण गरेर राहत वितरण गरेका थियौं । जून ठाउँमा विवाद भयो त्यो ठाउँमा म थिइन । अन्य जनप्रतिनिधिहरुले वितरण गर्नुभएको थियो । मैले पनि यस विषयमा अध्ययन गरिरहेको छु । केही भनाभन भएको बुझेको छु  उनले टेलिफोनमा भने ।

राहत वितरणमा राजनीतिककरण गर्न खोज्नेहरुले वडालाई बदनाम गराउनको लागि विवाद चलाएको उनले बताए । मल्लले वडाले  गरिब, विपन्न र कमजोर आर्थिक अवस्था भएकाहरुको पहिचान गरेर नै राहत एकद्वार प्रणालीमा वितरण गरेको बताए ।