२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गाउँपालिका उपाध्यक्षद्वारा प्रशासकीय अधिकृतविरुद्ध दुव्र्यवहार गरेको भन्दै उजूरी

१७ बैशाख २०७७, बुधबार ०३:३८

वैशाख १७, जुम्ला | जुम्लाको हिमा गाउँपालिकाका उपाध्यक्ष हिमाली रोकायाले प्रमुख प्रशासकीय अधिकृत टोपबहादुर बुढाविरुद्ध जिल्ला प्रहरी कार्यालय जुम्लामा दुव्र्यवहार गरेको आरोपसहित उजूरी दिनुभएको छ ।

यही वैशाख १२ गतेको कार्यपालिकाको बैठकमा प्रमुख प्रशासकीय अधिकृत बुढाले दुव्र्यवहार गरेको आरोप लगाउँदै उपाध्यक्ष रोकायाले प्रहरीमा जाहेरी दर्ता गर्नुभएको हो । स्थानीय न्यायिक समितिका संयोजक रोकायाले दुव्र्यवहार सहन नसकेर उजूरी दर्ता गराएको राससलाई जानकारी दिनुभयो ।

'मेरो नैतिकतामाथि नै प्रश्न उठ्ने गरी कार्यपालिकाको बैठकमा अपशब्द बोल्ने र ज्यान मार्ने योजना बनाएकाले कानूनी बाटो रोजेको हुँ”, रासससँग उहाँले भन्नुभयो । उहाँले पत्रकार सम्मेलनमार्फत दुव्र्यवहार गरिएको घटनाको अडियोसमेत सार्वजनिक गर्नुभएको छ । 

कार्यपालिकाको बैठकमा उपाध्यक्षमाथि अपशब्द बोल्नुका साथै दुव्र्यवहार गरेको आरोपसहितको जाहेरी दर्ता भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले जानकारी दिनुभयो । “उपाध्यक्षले बैठकमा छलफल भइरहेको समयमा दुव्र्यवहार गरेको भनी दर्ता जाहेरीबारे अनुसन्धान अगाडि बढाएका छौँ”, प्रनाउ धामीले भन्नुभयो । अधिकृत बुढासहित स्थानीय अमरजङ्ग शाहीविरुद्ध पनि उजूरी परेको प्रहरीले जनाएको छ ।

यो घटनाबारे बुझ्न खोज्दा प्रमुख प्रशासकीय अधिकृत बुढासँग सम्पर्क हुन सकेन । दुव्र्यवहारका अर्का आरोपित शाहीले १२ गते राहतसम्बन्धीको बैठक भइरहेको तर आफू बाहिर रहेको बताउनुभयो । बैठकमा सामान्य भनाभन भए पनि हातपात नभएको उहाँले प्रतिक्रिया दिनुभयो ।

गाउँपालिका अध्यक्ष रजबहादुर शाहीले उपाध्यक्ष रोकाया र प्रशासकीय अधिकृत बुढाबीच भनाभन भएको जनाउनुभयो । यसअघि सो गाउँपालिकाले सबै नागरिकलाई २५ केजी नुनसहित ३० केजीका दरले सबै घरधुरीलाई चामल वितरण गरेको र त्यसमाथि उठेको गुनासोका बारेमा १२ गते बसेको कार्यपालिकाको बैठकमा यो विवाद भएको थियो । 

क्वारेन्टाइनमै सुत्केरी

पश्चिम सुर्खेतमा क्वारेन्टाइन बसेका एक महिला सुत्केरी भएकी छन् । पञ्चपुरी नगरपालिकाले विद्यापुर क्याम्पसमा सञ्चालन गरेको क्वारेन्टाइनमा रहेकी कमला नेपाली मङ्गलबार बिहान छोरा जन्माउनुभएको हो ।

नगरप्रमुख उपेन्द्रबहादुर थापाले कमलालाई सुत्केरी व्यथा लागेपछि स्वास्थ्यचौकी लगिएको बताउनुभयो । आमा र शिशु दुवैको अवस्था सामान्य रहेको स्वास्थ्य चौकीले जनाएको छ । नगरप्रमुख थापाका अनुसार सुत्केरी भएपछि उनलाई होम क्वारेन्टाइनमै राखिने गरी पठाइनेछ । पञ्चपुरी–६ छाप्रेकी कमला चितवनबाट वीरेन्द्रनगर हुँदै आइतबार श्रीमान्सँगै विद्यापुर पुग्नुभएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान