२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

कविता – कमरेड भाइरस

२०७७, १९ बैशाख शुक्रबार १२:५९


मेरो सानो झुपडी

अलि अलि रिष्ट पुष्ट हुँदै गएको

यहि बेलामा 

कोरोनाले झम्टी झम्टी

नियालो झै बनिसक्यो

विस्तारामा सुतिरहेका घरमालिक ती

बेलाबेला जुर्मुराउँदै व्यूझिन्छन्

आदेश दिन्छन

विहानै उठेर भजन नसुन्नू

राष्ट्रियगान गाउनु

ताली मज्जाले बजाउनु

नाथे कोरोना

महाशक्ति राष्ट्रहरुले हराउन सकेनन

कोरोनासंग थुरथुर कापी रहे

तर

हामी यही

राष्ट्रियगान र ताली बजाएर भगाउने तागत राख्छौं ।

भाइरसलाई हामी

भाइरस बनेर खाइदिन सक्छौं ।

नपत्याए अस्ती भर्खर

कोरोनालाई नुहाउन किन्न लागेको

सुताउनको लागि लिन लागेको

त्यत्रो

चीजलाई हामी भाइरस बनेर खाइदियौं ।

नाथे भाइरसका के कुरा

त्यो भन्दा

हामी सयौ गुणा खतरनाक भाइरस छांैं ।

त्यसैले त

महाराष्ट्रलाई थुरथुर पारिरहेको

धरधरी रुवाही रहेको

कोरोना भाइरस

हाम्रा लागि केही होइन

हामी

३३ क्विन्टल सुन पचाउन सक्छौं

बालुवाटार, ललीता निवास, मेलम्ची

वाइडबडी, न्यारोबडी सर्लक्क निल्न सक्छौं ।

हामी कमेरो पानीलाई

दूधपानी बनाएर बेच्न सक्छौं ।

नाथे कोरोना भाइरस

त्यसै हामीसँग थरथर कहाँ डराएको हो र ?

मोटरका पार्टपूर्जा फेरेझै

शरीरका हरेक इन्जिन फेरेर

जुरुक्क उठेर हामी

राष्ट्रियताका लागि

कात्रोमा पनि कमशिन, भ्याट र कर कुरेर बसेका हुन्छौं ।

नाथे कोरोना भाइरस

कमरेडको यहि तागत देखेर

थुरथुर कापीरहेको छ ।

डराइरहेको छ ।

त्यसैले ढुक्क हुनुहोस्

विहान उठ्ने वित्तिकै

भजन होइन राष्ट्रिय गान बजाउनुहोस

ताली पिट्नुहोस्

नाथे कोरोना

टाप कसीहाल्छ ।

कोभिडले फोक्सो समात्छ

टाउको दुखाउँछ

ज्वरो निकाल्छ ।

वाकवाक लाग्ने बनाउँछ ।

शरीर भारी हुन्छ, सिगान खकार जमाउँछ

तर

हामी सिधै मुटुमा आक्रामण गर्ने हिम्मत राख्छौं ।

ढड्कनलाई हामी मुट्ठीमा कस्न सक्छौं ।

नाथे कोरोना भाइरस

हाम्रो शक्ति देखेर कापीरहेको छ ।

त्यसले

मानवलाई मात्रै आक्रमण गर्छ 

हामी सारा चीज बस्तुलाई आक्रमण गरि

सिध्याइदिनसक्छौं ।

कालोबजारी

कमिशन

भ्रष्टाचार

अनियमितता

यी हाम्रा मुख्य हतियार

मानिसलाई बेकुफ बनाइदिने

यी हाम्रा लक्षणहरु

कठपुतली बनाई दिने यी हाम्रा कारणहरु

कसैले बुझ्दैन,

जान्दैन

जानेपनि बोल्दैन

किनकी

सुखी जन समृद्ध मन

त्यो भन्दा शक्तिशाली हामी

कमरेड भाइरस ।।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु