८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेपालका तारे होटलहरु ६ महिनासम्म बन्द गर्ने निर्णय, कर्मचारीलाई १२.५ प्रतिशत मात्रै तलव दिइने

२१ बैशाख २०७७, आईतवार १६:२३

बैशाख २१, काठमाडौं । होटल संघ नेपालले नेपालका तारे होटलहरु ६ महिना बन्द गर्ने निर्णय गरेको छ । संघको आज बसेको बैठकले आगामी असोज मसान्तसम्मका लागि होटलहरु बन्द गर्ने निर्णय गरेको हो । संघमा नेपालका ठूला होटलहरु सदस्य छन ।

सरकारले घोषणा गरेको बन्दावन्दी (लकडाउन) का कारण पर्यटन उद्योगमा दूरगामी नकरात्मक प्रभाव रहने भएपछि आगामी १ वर्षसम्म पूर्ण रुपले चल्न नसक्ने निश्कर्षका आधार सम्पूर्ण होटल बन्द गर्ने निर्णय गरेको होटल संघले जनाएको छ । 

होटल संघले श्रमिकको व्यवस्थापन गर्ने सम्बन्धमा जारी गरेको सूचना बमोजिम बैशाख १ गतेबाट लागू हुने गरी ६ महिनासम्म प्रत्येक महिना आधारभूत तलबको १२.५ प्रतिशतका दरले हुन आउने रकमका साथै सेवाशुल्क पनि उपलब्ध गराउने निर्णय गरिएको छ। 

श्रमिक युनियनसँग १२.५ प्रतिशतका दरले पारिश्रमिक लिन सहमत नभएको अवस्थामा सो समयदेखि नै सबै सदस्य होटलले श्रम ऐन २०७४ को दफा १४५ बमोजिम कर्मचारी कटौतिका लागि प्रक्रिया चलाई सूचना दिई आंशिक वा पूर्ण रुपमा विदा दिने संघले निर्णय गरेको हो । 

होटलले दिने सहमत गरेको आधारभूत तलबको १२.५ प्रतिशत रकममा सरकारले थप गरी श्रमिकलाई तलब भत्ता भुक्तानी गर्न ‘जव रिटेन्सन फन्ट’ को व्यवस्था गर्नका लागि होटल संघ र ट्रेड युनियनले संयुक्त रुपमा पहल थाल्ने निर्णय गरेका छन्  । 

हानले गरेको निर्णयहरु 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता