2026-06-28 12:08 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चीनमा कोरोनाको औषधी बनेको दाबी

(एजेन्सी) । चिनियाँ वैज्ञानिकहरुले कोरोनाको औषधी पत्ता लगाएको दाबी गरेका छन् । चीनको चर्चित र प्रतिष्ठित पेकिङ विश्वविद्यालयका वैज्ञानिकहरुको टीमले उक्त औषधीको परीक्षण गरिरहेको जनाइएको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९ (कोरोना) विरुद्धको भ्याक्सिन बनाउने तयारी संसारका थुप्रै चिकित्सक र कम्पनीहरु जुटिरहेका बेला चीनमा यो टोलीले भ्याक्सिनको सट्टा औषधी नै तयार पार्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले जनाएका छन् । 

पेकिङ विश्वविद्यालयका वैज्ञानिकहरुका अनुसार परीक्षण गरिँदै गरिएको यो औषधीले छोटो अवधिमै भाइरसविरुद्व शरिरमा प्रतिरक्षा कायम गर्ने जनाइएको छ । उनीहरुले यो औषधी अन्य जनावरहरुको शरीरमा परीक्षण गरिरहेका छन् । विश्वविद्यालयका निर्देशक सुन्ने शीले भनेका छन्, ‘जनावरमा परीक्षण गरिएको यस औषधीले निकै छोटो समयमा प्रभाव देखाएको छ । औषधी जनावरमा सफल भएको छ ।’

निर्देशक शीले कोरोना संक्रमित मुसामा औषधीको परीक्षण गरिरहेको बताए । उनले यो औषधी मुसामा प्रयोग गर्दा पाँच दिनमै भाइरस शून्य स्थितिमा देखिएको जानकारी दिए । उनका अनुसार यो औषधीले कोशिकालाई संक्रमित हुनबाट जोगाउन मानव शरिरमा प्रतिरक्षा प्रणालीद्वारा तयार गरिएको न्यूट्लाइजिङ्ग एन्टीबडीको प्रयोग गर्दछ । निर्देशक शीले यो वर्षको अन्त सम्ममा औषधी तयार हुनसक्ने बताएका छन् । उक्त अध्ययन परीक्षणबारे आइतबार साइन्टिफिक जर्नलमा लेख समेत प्रकाशित भएको छ ।

- एजेन्सीहरुको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी