Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

‘खेतमा हलो जोत्न सक्ने र गोठमा गोबर सोहोर्न तयार हुनेलाई कृषिमा रोजगारी’ अन्यलाई खै ?

२०७७, १३ जेष्ठ मंगलवार १०:२७

जेठ १३, काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले कृषि क्षेत्रमा ७० वर्ष देखि लगाएको नारा अब पुरा गर्नुपर्ने बेला आएको बताएका छन् । श्रम रोजगार पत्रकार समुहले मंगलबार गरेको भर्चुअल अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री भुसालले अब नारामा मात्र होइन साँच्चै व्यवहारमा लागू गर्ने बेला आएको बताए । 

कृषिलाई प्राथमिकता, रोजगारी सृजना भनेर २००६ देखि २००७ सालतिरदेखि भनिरहेका छौं, अब त्यो नारामा मात्र होइन साँच्चै व्यवहारमा लागू गर्ने बेला आएको छ, अब यसलाई फेर्न पर्छ,’ मन्त्री भुषालले भने 'कृषकले उत्पादन गरेका उत्पादनमा न्यूनतम समर्थन मूल्य तोकिनुपर्छ ।' किसानको न्युनतम समर्थन मूल्य तोकेर कृषिमा आकर्षित हुने अवस्था सृजना गर्दै किसानको श्रम सुरक्षित गर्नुपर्ने उनले बताए ।  

कोरोना महामारीपछि अहिलेको अवस्थामा सबैको भार कृषिले थेग्छ कि थेग्दैन भन्ने हो ? मन्त्री भुसालले भने ‘तर कति गर्ला र कसरी बहन गर्ला भनेर वृहत छलफल चलाउनु पर्ने बेला आएको छ ।’ कृषि मन्त्रालयका प्राय सबै कार्यक्रम स्थानीय तहहरुमा पठाईएको उनले बताए । पालिकाहरु मार्फत सहजीकरण गरि समुहहरुबाट कृषि कर्म गर्दै २ लाखलाई रोजगारी सृजना गर्न सकिने उनले सम्भावना रहेको उनले बताए । 

कृषक स्वयंले कृषि कर्म गर्ने सहज व्यवस्था नभए सम्म रोजगारी सृजना हुँदैन मन्त्री भुसालले भने ‘मन्त्रालयले सहजीकरण गर्ने हो, उत्पादनको भण्डारण, बजारीकरण गर्नका लागि ध्यान केन्द्रित गरि काम गर्दैछौं।’कृषि क्षेत्रमा आवश्यक ६ हजार प्राविधिक जनशक्तिको लागि पोष्ट खाली छ त्यो पुरा गर्नको लागे मन्त्रालयले तयारी गरेको उनले बताए । किसानले धान रोप्नुपुर्व नै मूल्य तोक्ने तयारी गरिएको उनले बताए । 

किसानलाई सहुलियत कर्जा 

अहिलेको अवस्थामा किसानलाई सस्तो र सुलभ कर्जा दिनुपर्छ मन्त्री भुसालले भने ‘लघु वित्तले स्थानीय समुदायको अड्को पड्को त चलाएका छन् तर मिटर व्याज छ यसलाई एक झड्कामा मुक्त गर्नुपर्छ ।’‘साना किसानलाई ३ प्रतिशतमा व्याज र कृषि गर्ने ठुलो घरानालाई पनि सहुलियतपूर्ण कर्जा दिएर प्रोत्साहन गर्न आवश्यक छ त्यसका लागि मन्त्रालयले आवश्यक तयारी गर्दैछ मन्त्री भुसालले भने ।’  

विदेशबाट फर्कनलाई के छ ?

कोरोना महामारी पश्चात वैदेशिक रोजगारीमा गएका हजारौं  नेपाली श्रमिक स्वदेश फर्कने आकलन गरिएको छ यस्तो अवस्थामा उनीहरुलाई कृषिमा आकर्षित गर्नुपर्ने बहस हुँदै आएको छ । तर विदेशबाट फर्काइएकालाई कसरी काममा लगाउने भन्ने कम छलपल भएको उनले बताए । विदेशबाट सबै मानिस स्वदेश आएर खेतमा नै जानेछन् भन्ने छलफल चलेको छ तर त्यसो होइन उनले भने ‘कृषिले तत्काल जो गोठमा जान तयार हुने र खेतमा हलो जोत्न सक्नेलाई कृषिले गर्ने हो यो बाहेक तत्काल आकर्षित हुँदैन । 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ठुलो प्रोजेक्ट हो जति हुनुपर्ने थियो तर सो नभएको उनले स्वीकार गरेका छन् । मैले प्रधानमन्त्री आधुनिकीकरण परियोजना गेम चेन्जर योजना भनेको तर त्यस्तो होइन रहेछ मन्त्री भुसालले भने ‘एकीकृत संयोजन नहुने तर मन्त्रालयका समन्वय नहुँदा समस्या रहेको प्रयाप्त समन्वय छैन ।’

जग बसाल्ने वर्ष 

मन्त्री भुसालले यो वर्षलाई कृषि क्षेत्रमा सुधारको लागि आधार वर्ष मानुपर्ने बताएका छन् । कृषि क्षेत्रको विकासका लागि स्थानीय आवश्यकता अनुसार आवश्यक व्यवस्था गर्नुपर्नेछ मन्त्री भुसालले भने 'किसानले उत्पादन गर्ने कृषि सामाग्रीको लागि विउ बिजन, मल, सिंचाई देखि उचित भण्डारणको लागि आवश्यक व्यवस्था गर्नुपर्नेछ त्यसका लागि मन्त्रालयले तयारी गर्दैछ ।'

सबै स्थानीय तहमा यो वर्ष जग बसाल्ने हो, अर्को वर्ष राम्रो राष्ट्रिय बजार स्थापित गर्दै तेश्रो वर्ष कृषिलाई एक आकारमा ल्याउने हो उनले भने 'जवसम्म कृषकको नाफाको ग्यारेन्टी हुँदैन तवसम्म कृषि क्षेत्रको सुधार हुँदैन त्यसैले समर्थन मूल्य तोक्दैछौँ ।’



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै