१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इरानबारे पछिल्लो अमेरिकी निर्णयको बेलायत, फ्रान्स, जर्मनीद्वारा आलोचना

१७ जेष्ठ २०७७, शनिबार १६:५२

जेठ १७, लन्डन | इरानसँगको आणविक सम्झौतामा परेका राष्ट्रका कम्पनीहरूको प्रतिबन्ध माफी अन्त्य गर्ने अमेरिकी निर्णयप्रति बेलायत, फ्रान्स र जर्मनीले शनिबार चासो व्यक्त गरेका छन् । 

सन् २०१५ मा तत्कालिन अमेरिकी राष्ट्रपति बाराक ओवामाको नेतृत्वमा तेहरानसँग गरिएको ऐतिहासिक सम्झौतामा भएको हस्ताक्षरले इरानको आणविक महत्वाकांक्षालाई सिमित पार्दै इरानमाथि लगाइएका कडा आर्थिक प्रतिबन्ध हटाउने मार्ग प्रशस्त गरेको थियो । 

सम्झौताले युरोपेली संघ,  चीन र रूसका कम्पनीहरूलाई पश्चिमी इरानको प्रमुख औद्योगिक शहर अरकमा ‘हेवी वाटर रिएक्टर’को रूपान्तरणमा काम गर्न अनुमति दिएका थिए ।

तीन युरोपेली शक्तिहरूको संयुक्त विज्ञप्तिमा भनिएको छ, “इरानसँगको आणविक सम्झौतासँग सम्बन्धित तीन छुट्टाछुट्टै सम्झौताले ती विश्वका शक्ति राष्ट्रहरूका कम्पनीहरूलाई सञ्चालन गर्न दिने सहमति भएको थियो तर त्यो छुटलाई इरानबारे अमेरिकाले लिएको पछिल्लो निर्णयले अन्त्य गर्नेछ । यसप्रति हामीले खेद व्यक्त गर्न चाहन्छौँ ।”

“संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को सङ्कल्प प्रस्ताव २२३१ को सहमति अन्तर्गत भएका यी परियोजनाहरूले सबैको गैरकानुनी प्रसारको हितमा काम गर्दछन् र यसले अन्तर्राष्ट्रिय जगतमा इरानको शान्ति र सुरक्षित प्रकृतिका आणविक गतिविधिहरूलाई प्रत्याभूत गर्दछन् ।”

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले यस हप्ताको सुरुमा प्रतिबन्धलाई माफी गर्ने निर्णय अन्त्य भएको घोषणा गर्नुभएको थियो । आणविक सम्झौतामा अमेरिका, बेलायत, चीन, फ्रान्स, जर्मनी र रूसका साथै इरानले पनि हस्ताक्षर गरेका थिए । 

यद्यपि अमेरिकी ट्रम्प सरकारले सन् २०१५ मा भएको उक्त सम्झौता अमेरिकाको हितमा नभएको भन्दै यसबाट सन् २०१८ मा नै बाहिरिएको घोषणा गरेको थियो । अमेरिकाले इरानमाथिको प्रतिबन्धलाई अन्त्य गर्ने सहमतिलाई खारेज गर्ने निर्णयसँगै सम्झौतामाथि नै प्रश्नचिन्ह खडा गरेको छ । 

पोम्पेओको निर्णयलाई रूसले पनि आलोचना गरेको छ र मस्कोले अमेरिकी विदेश नीति ‘खतरनाक र अप्रत्याशित’ भएको बताएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली