२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इरानबारे पछिल्लो अमेरिकी निर्णयको बेलायत, फ्रान्स, जर्मनीद्वारा आलोचना

२०७७, १७ जेष्ठ शनिबार १६:५२

जेठ १७, लन्डन | इरानसँगको आणविक सम्झौतामा परेका राष्ट्रका कम्पनीहरूको प्रतिबन्ध माफी अन्त्य गर्ने अमेरिकी निर्णयप्रति बेलायत, फ्रान्स र जर्मनीले शनिबार चासो व्यक्त गरेका छन् । 

सन् २०१५ मा तत्कालिन अमेरिकी राष्ट्रपति बाराक ओवामाको नेतृत्वमा तेहरानसँग गरिएको ऐतिहासिक सम्झौतामा भएको हस्ताक्षरले इरानको आणविक महत्वाकांक्षालाई सिमित पार्दै इरानमाथि लगाइएका कडा आर्थिक प्रतिबन्ध हटाउने मार्ग प्रशस्त गरेको थियो । 

सम्झौताले युरोपेली संघ,  चीन र रूसका कम्पनीहरूलाई पश्चिमी इरानको प्रमुख औद्योगिक शहर अरकमा ‘हेवी वाटर रिएक्टर’को रूपान्तरणमा काम गर्न अनुमति दिएका थिए ।

तीन युरोपेली शक्तिहरूको संयुक्त विज्ञप्तिमा भनिएको छ, “इरानसँगको आणविक सम्झौतासँग सम्बन्धित तीन छुट्टाछुट्टै सम्झौताले ती विश्वका शक्ति राष्ट्रहरूका कम्पनीहरूलाई सञ्चालन गर्न दिने सहमति भएको थियो तर त्यो छुटलाई इरानबारे अमेरिकाले लिएको पछिल्लो निर्णयले अन्त्य गर्नेछ । यसप्रति हामीले खेद व्यक्त गर्न चाहन्छौँ ।”

“संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को सङ्कल्प प्रस्ताव २२३१ को सहमति अन्तर्गत भएका यी परियोजनाहरूले सबैको गैरकानुनी प्रसारको हितमा काम गर्दछन् र यसले अन्तर्राष्ट्रिय जगतमा इरानको शान्ति र सुरक्षित प्रकृतिका आणविक गतिविधिहरूलाई प्रत्याभूत गर्दछन् ।”

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले यस हप्ताको सुरुमा प्रतिबन्धलाई माफी गर्ने निर्णय अन्त्य भएको घोषणा गर्नुभएको थियो । आणविक सम्झौतामा अमेरिका, बेलायत, चीन, फ्रान्स, जर्मनी र रूसका साथै इरानले पनि हस्ताक्षर गरेका थिए । 

यद्यपि अमेरिकी ट्रम्प सरकारले सन् २०१५ मा भएको उक्त सम्झौता अमेरिकाको हितमा नभएको भन्दै यसबाट सन् २०१८ मा नै बाहिरिएको घोषणा गरेको थियो । अमेरिकाले इरानमाथिको प्रतिबन्धलाई अन्त्य गर्ने सहमतिलाई खारेज गर्ने निर्णयसँगै सम्झौतामाथि नै प्रश्नचिन्ह खडा गरेको छ । 

पोम्पेओको निर्णयलाई रूसले पनि आलोचना गरेको छ र मस्कोले अमेरिकी विदेश नीति ‘खतरनाक र अप्रत्याशित’ भएको बताएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ?