Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

काठमाडौं उपत्यकाका केहि ठाउँमा दिनभर विद्युत आपूर्ति बन्द हुने, कहाँ कहाँ काटिनेछ बिजुली हेर्नुहोस्

२०७७, १८ जेष्ठ आईतवार ०७:०३

जेठ १८, काठमाडौं। चक्रपथ विस्तारका लागि सघाउनुपर्ने र संरचना मर्मत गर्नुपर्ने भएकाले उपत्यकाका दर्जनभन्दा बढी ठाउँमा आइतबार विद्युत सेवा अवरुद्ध हुने भएको छ।

कुलेश्वर वितरण केन्द्रअन्तर्गत कलंकीदेखि ढुंगेधारासम्म चक्रपथ विस्तारका लागि र सितापाइलादेखि रामकोटसम्मको सडक विस्तारका लागि उक्त क्षेत्रका दर्जनभन्दा बढी ठाउँमा विद्युत सेवा अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरणले जनाएको हो।

तोकिएका क्षेत्रमा आइतबार बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म विद्युत 'सटडाउन' गरिने प्राधिकरणकी सूचना अधिकारी लीला अर्यालले जानकारी दिइन्। स्युचाटार-स्वयम्भू फिडरअन्तर्गत एचटी लाइनको जम्पर छुटाइ सडक दायाँबायाँ रहेका विद्युतीय संरचना स्थानान्तरणको काम गर्नुपर्ने र भीमढुंगा ११ केभी स्वीच जडान गर्नुपर्ने भएकाले आज दिनभर लाइन सटडाउन हुने भएको हो।

उक्त फिडरबाट विद्युत आपूर्ति लिने बुढाथोकी कोल्ड स्टोर, मुसलमान टोल, बुढानिलकण्ठ मन्दिर, टेम्पो पार्क, सिभिल होम्स, टौखेल, अलकत्रा फ्याक्ट्री, थापाचोक, रामकोट, आदेश्वर, छत्रेदेउराली लगायतका ठाउँमा आज दिनभर विद्युत आपूर्ति बन्द हुने छ।

निर्धारित समय अगावै काम सकिएमा ५ बजेभन्दा अघि नै विद्युत आपूर्ति पूर्ववत् सुचारु हुन सक्नेसमेत प्राधिकरणले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै