Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सित्तैंमा सपिङको अवसर आयो, रिचार्जरमा क्यास प्वाइन्ट रिडिम गर्नुहोस् (तरिकसहित)

२०७७, २२ जेष्ठ बिहीबार ०६:५८

जेठ २२, काठमाडौं । मोबाइल एप रिचार्जरले एक लाख एक्टिभ युजर पुगेको उपलक्ष्यमा क्यासलेस पर्चेज सञ्चालन गर्ने भएको छ । रिचार्जरले आफ्ना प्रयोगकर्तालाई आफुसँग भएको क्यास प्वाइन्ट मात्र रिडिम गरेर ५०० रुपैंया बराबरको सामान उपलब्ध गराउने भएको हो । 

कोभिड प्रोटेक्सन प्रोडक्टहरु स्यानिटाइजर, मास्क र इम्युनिटी बुष्टर डबल सी खरिद गर्दा नगद भुक्तान गर्नु नपर्ने ग्लोबल की टेक्नोलोजी प्रालिले जनाएको छ । रिचार्जरले जेठ २३ गते शुक्रबारका दिन मध्यान्ह १ बजेदेखि १ घण्टाको अवधिमा आफ्ना प्रयोगकर्तालाई क्यासलेस पर्चेज अफर अन्तरगत ५०० रुपैंया बराबरको सामान निशुल्क उपलब्ध गराउन लागेको हो । 


यसरी अर्डर हुने सामान डेलिभरी पनि निशुल्क हुनेछ । ग्लोबल की टेक्नोलोजीका अध्यक्ष अलाइभ ग्लाइडरका अनुसार क्यासलेज पर्जेज अफरमा रिचार्जरका प्रयोगकर्ताको खातामा रहेको क्यास प्वाइन्टलाई रिडिम गरेर सित्तैंमा सामान उपलब्ध गराउने छ । 

५०० रुपैयाँभन्दा धेरैको सामान खरिद गर्दा एनआईसी एशिया, ग्लोबल आईएमई र मेगा बैंकका खातावालाहरुले कार्डबाट महसुल भुक्तानी गर्दा थप १० प्रतिशत छुट पाउने ग्लाइडरले बताए । तीन वटै बैंकले रिचार्जरबाट ५ हजार रुपैयाँसम्मको सामान किनेर रकम तिर्नेहरुको खातामा १० प्रतिशत रकम फिर्ता गरिदिने छन् । क्यास अन डेलिभरीको पनि व्यवस्था गरिएको छ ।

नयाँ प्रयोगकर्ताले रिचार्जर एप डाउनलोड गरी खाता खोल्दा १०० क्यास प्वाइन्ट पाउने छन् । जतिको रिचार्ज गर्यो त्यति नै क्यास व्याक पनि पाइन्छ । यसरी मोबाइल रिचार्ज गरी शतप्रतिशत क्यास व्याक जम्मा गरेर नयाँ प्रयोगकर्ताले पनि अफरमा सित्तैमा सामान किन्न सक्छन् । मोबाइल रिचार्जका अलावा बीमा, बिजुली, इन्टरनेट, टिभी लगायतका सेवाको महसुल भुक्तानी गर्दा २० पनि प्रतिशत क्यास प्वाइन्ट पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै