Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पालुङ्गटारको सडक निर्माण मापदण्ड अनुसार भएन, ठेकेदार भन्छन् ‘केहि कमजोरी भयो सुधार गर्छौं’

२०७७, २६ जेष्ठ सोमबार ११:४२

मनोज पराजुली । जेठ २६, गोरखा  । गोरखाको पालुंङ्गटार नगरपालिका ८ स्थित अकला ग्रामीण सडक निर्माणमा ठेकेदाराले चरम लापार्वाही गरेको भन्दै स्थानीयबासीले विरोध गरेका छन् । नगरपालिका वडा नम्बर ८ कार्यालय देखि कुतियासम्म जोड्ने ११ सय ३५ मिटर बाटो निर्माणमा ठेकेदारले मापदण्ड अनुसार काम नगर्दा बाटोको गुणस्तरीय नभएकोले सच्याउन उनीहरुले माग गरेका छन् ।

नगरपालिका ८ का स्थानीय अनिल श्रेष्ठले भने ‘बाटो जुन मापदण्ड अनुसार हुनुपर्ने हो, त्यो भएको छैन ग्राभेल गर्नुपर्नेमा माटो मात्र ल्याएर थुपारिएकोले सडक वर्षातमा पुरै हिलामम्मै भएको छ ।’ प्राविधिकले नै गडबढी गरेको कारण समस्या आएको त्यसबारे नगरपालिकामा पनि डेलीकेसन गएको तर सुनुवाई नभएको उनले गुनासो गरे । 


११ मिटर चौडाईको बाटो ५ सय ३५ मिटर ग्राभेल गरेको तर माटो चाहिने भन्दा बढी थुपारेको कारण सडक तल परेका घरलाई समस्या परेको स्थानीय बुद्धिमान गुरुङले बताए । पहिले बारीको लेवलमा भएको तर अहिले सडक मापदण्ड अनुसार नभएकोले ग्राभेल सडकमा नै पानी जम्ने अवस्था आएको उनले बताए ।


नगरपालिकाका वडा ८ का वडा अद्यक्ष शंकरराज कंडेलले बाटो मापदण्ड अनुसार नभएकोले भुक्तानीको लागि सिफारिस गर्न नसकिने बताए । ‘बाटो बलियो बन्नुपर्छ, रोलेर लगाउने हो, या के गरेर हुन्छ, स्तरीय हुनुपर्छ तर अहिले पहिले बाटोमा भएको ग्राभेल समेत पुरिएर हिल्लामै छ यस्तो अवस्थामा नगरपालिकाले नै छानविन गरेर को को लाई कारवाही गर्नुपर्ने हो ? जिम्मेवारी को कसले लिनुपर्ने हो ? त्यसको बारेमा गल्ति कमजोरी अनुसार सजाय सबैले पाउनुपर्छ’ वडा अध्यक्ष कडेंलले भने । गतवर्ष त्यति नै बजेटले बनेको बाटो अलि फरक थियो तर अहिले त्यति नै बजेटले बनेको बाटो कमजोर भएको उनले बताए ।  


सुधार गर्न स्थानीयले दिएनन् : ठेकेदार 

पहिले ४ मिटरको बाटो थियो त्यसमा ३ मिटर माथि बारी काट्ने र ३ मिटर तल पुरेर काम गरिएको हो सडकको ठेक्का पाएको अकलामाई कन्स्ट्रक्सनका घनश्याम तिवारीले भने ‘ग्राभेल गर्दा सम्म स्थानीय समुदायले हेरिरहे जब काम सकियो तब स्थानीयले बिरोध गरेका हुन् ।’ बाटो निर्माणकै क्रममा बाटोमा ट्रीपर चलेको र लगातार पानि पर्दा बाटो हिलो भएको उनले बताए । एउटा हिम पाइप अलि माथि भएछ त्यसलाई निकालेर हालीदिन्छौं भनेका छौं तर स्थानीयले तल पुरेको माटो उठाएर अन्त लैजानुपर्ने माग गरेका छन् तिवारीले भने ‘अनुगमनमा मेयर लगायत आउँदा सबै ठिकै छ अलिअलि खाल्डा खुल्डी छ त्यसलाई मिलैदिन अनुरोध गरिएको छ तर स्थानीयले अहिले त्यो मर्मतको काम गर्न दिएका छैनन् ।’

भ्याट रकम बाहेक १७ लाख १४ हजारमा लिइएको ठेक्काको काम लकडाउन अगाडी चैत्र ९ गते नै सकिएको तर अनुगमनका क्रममा देखिएको कमजोरी सुधार गर्न तयार रहेको भएपनि स्थानीयले अवरोध गरेका  उनको भनाइ छ ।


राजनीतिकरण भयो : उपमेयर 

प्राविधिकले सर्भे गरेको लाइन स्थानीय उपभोक्ता र ठेकेदारको मिलेमतोमा परिवर्तन गर्दा समस्या भएको उपमेयर पम्फा बसेलले बताइन् । काम गर्ने क्रममा केहि बिग्रिएको हो, अनुगमनमा नालीको ग्रेड नमिलेको पाइएको हो त्यसबाट पानी निकासमा समस्या आएको हो उनले भनिन् ‘तर अहिले काम शुरु भएको छ ।’

उपमेयर बसेलले काम शुरु भएको बताएपनि ठकेदार घनश्याम तिवारीले स्थानीयको अवरोधका कारण काम गर्न नसकिएको बताएका छन् ।सडक निर्माणमा राजनीतिक कारण भएको समेत उनले दावी गरिन् । स्थानीय ठेकेदार भएको कारण अन्तिम अवस्थामा आएपछि उनीहरुले बिरोध गरेका हुन् उनले भनिन् ‘राजनीतिक रुपले उचालिएर गरिएको बिरोध हो ।’ 

धेरै समस्या होइन नालीको निकास गर्नुपर्ने हो उपमेयर बसेलले साझा सबालसंग भनिन् ‘काम सम्पन्न भइसकेको छैन, नालीको सहजीकरण गर्न थप बजेट आवश्यक पर्छ त्यसका लागि हाम्रो कर्मचारी लागिरहनु भएको छ ।’  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै