८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

एनआईसी एशिया लघुवित्तको आइपिओ असार १० गतेदेखि खुला

२ असार २०७७, मंगलवार ०५:४५

असार २, काठमाडौँ। एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले असार १० गतेदेखि प्राथमिक शेयर निष्काशन गर्ने भएको छ।

संस्थाले सर्वसाधारणको लागि ४७ लाख ५५ हजार कित्ता आइपिओ निष्काशन गर्नेछ। उक्त शेयरमध्ये ७४ हजार कित्ता कर्मचारीहरुको लागि र २ लाख ३७ हजार ७५० कित्ता सामूहिक लगानी कोषहरुलाई छुट्याइएको छ। बाँकी ४४ लाख ४३ हजार २०० कित्ता सर्वसाधारणले पाउने छन्।

संस्थाले छिटोमा असार १४ गतेसम्म बिक्री खुला गर्ने छ। यदि पहिलो चरणमा बिक्री नभए असार २४ गतेसम्म बिक्री खुला गर्नेछ।  लगानीकर्ताले न्युनतम १० कित्ता र अधिकतम दुई लाख कित्तासम्मको लागि आवेदन दिन सक्ने छन्।

प्राथमिक शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ। केयर रेटिङ नेपालले गरेको रेटिङ अनुसार संस्थाले प्राथमिक शेयर निष्काशन गर्न मिल्ने ‘केयर एनपी आइपिओ ग्रेड चार’ प्राप्त गरेको छ। 

प्राथमिक शेयर निष्काशनपछि संस्थाको चुक्ता पुँजी एक अर्ब रुपैयाँ पुग्नेछ। जसमा संस्थापकको हिस्सा ६७.८७ प्रतिशत र सर्वसाधारणको हिस्सा ३२.१३ प्रतिशत रहेको छ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता