८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

चन्द्रागिरि नगरपालिकाले ‘उत्पादन र रोजगार’लाई प्राथमिकता दिने

८ असार २०७७, सोमबार ०७:४४

असार ८, काठमाडौं। चन्द्रागिरि नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेटमा उत्पादन र रोजगारलाई विशेष प्राथमिकता दिने भएको छ । काठमाडौँ उपत्यकाको प्रमुख नाकामा रहेको चन्द्रागिरिले समृद्ध नगरपालिका निर्माणका लागि वेरोजगार युवालाई उत्पादनसँग जोड्नेगरी बजेट विनियोजन गर्न लागेको हो । नगरपालिकाका प्रमुख घनश्याम गिरीले उत्पादनलाई रोजगारसँग जोड्न आगामी आवको जबेटमा कृषि, पशुपालन, घरेलु तथा साना उद्योग, पर्यटनलाई विशेष प्राथमिकता दिन लागेको जानकारी दिए ।

‘विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण रोजगारी गुमाएका नगरपालिकाका युवालाई स्वदेशमा नै रोजगारी प्रदान गर्न उत्पादन र रोजगारलाई प्राथमिकता दिन लागेका छौँ’, उनले भने । नगरप्रमुख गिरीले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको उपचारका लागि स्वास्थ्य क्षेत्रमा नगरपालिकाले बजेटलाई विशेष जोड दिएको बताए । 

वाग्मती प्रदेशकै सबैभन्दा ठूलो नगरपालिका चन्द्रागिरिले विकास र पूर्वाधारलाई पनि वजेटमा प्राथमिकता दिएको छ । चन्द्रागिरीमा १५ वडा छन् । आगामी आवमा नगरपालिकाभित्र हुने अनियमितता, भ्रष्टाचार, ढिलासुस्तीलाई कम गर्दै सुशासनमा जोड दिने नगरप्रमुख गिरीले बताए । आर्थिक वर्ष २०७६/०७७ मा रु एक अर्ब ७४ करोडको वजेट प्रस्तुत गरेको चन्द्रागिरीले आगामी आर्थिक वर्ष २०७७/०७८ मा रु एक अर्ब ७० करोड हाराहारीको बजेट प्रस्तुत गर्दैछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता