२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज एकै दिन १४ अन्तर्राष्ट्रिय उडान (सूची सहित)

२०७७, ९ असार मंगलवार १६:१६

असार ९, काठमाडौँ | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज एकै दिन आन्तरिक र अन्तर्राष्ट्रिय गरी २० उडान भएका छन् । जुन लकडाउन यताकै सबैभन्दा बढी उडान हो । आज गरिएका उडानमध्ये अन्तर्राष्ट्रियतर्फ सर्वाधिक १४ उडान भएको विमानस्थल कार्यालयले जनाएको छ । 

आज उडान भएका सबै उडान यात्रु चार्टर्ड तथा कार्गो हुन् । यसअघि सोमबार अन्तर्राष्ट्रियतर्फ १० र आन्तरिकतर्फ सात यात्रु उद्धार तथा कार्गो उडान भएको थियो । अन्तर्राष्ट्रिय विमानस्थलमा गत आइतबार १६ र शनिबार १५ उडान भएको थियो । 

आज  नेपाल एयरलाइन्स मार्फत अष्ट्रेलियाको सिड्नीबाट २५८ जना, माल्दिभ्सबाट १४३ जना र थाइल्याण्डको बैंककबाट ७८ नेपालीको उद्धार उडान गरी काठमाडौँ ल्याएको छ । त्यस्तै हिमालय एयरलाइन्सले कतारको दोहाबाट १४४ र अबुधाबीबाट ५ नेपाली काठमाडौँ ल्याएको विमानस्थलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । जजिरा एयरले कुवेतबाट १६० यात्रु ल्याएको छ । यसरी आज मात्र कुल ७८३ जना स्वदेश फर्किएका छन् ।

यसैबीच बुधबार पनि अन्तर्राष्ट्रियतर्फ १० उडान हुने कार्यतालिका सार्वजनिक भएको छ । हिमालयन एएरलाइन्स, नेपाल  एएरलाइन्स र टर्किस एएरलाइन्सका उडानहरु तय भएका छन् । भोली दोहा, दमाम, अबुधावी जेधाह, कुवेत इस्तानबुल, जेधाह र जापानको नारितामा चार्टर्ड उडान हुनेछन् । हिमालयले दमाम, कुबेत र अबुधाबीबाट समान सङ्ख्या १५४ यात्रु ल्याउनेछ भने टर्किस एयरलाइन्सले इस्तानबुलबाट दुई उडानमा २८० का दरले यात्रु ल्याउने विमानस्थलले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश