2026-06-18 06:44 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मेलबोर्नमा ठूलै संख्यामा कोरोनाभाइरस पुनः देखिएपछि परीक्षण अभियान सञ्चालन

असार १२, मेलबोर्न (रासस–एएफपी) । अस्ट्रेलियाको दोस्रो ठूलो शहर मेलबोर्नमा ठूलै संख्यामा कोरोनाभाइरसबाट संक्रमित देखिएको भन्दै शुक्रबार स्वास्थ्यकर्मी व्यापक परिचालन गरेर परीक्षण आरम्भ गरिएको छ । 

गएराति मेलबोर्नमा कोविड–१९ का नयाँ ३० जना संक्रमित भेटिएका स्वास्थ्य अधिकारीहरुले बताएका छन् । स्वास्थ्य अधिकारीहरुले अस्ट्रेलियामा कोरोनाभाइरस प्रसारको दोस्रो लहर आउन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । विगतमा अस्ट्रेलियाले कोविड–१९ को रोकथामका लागि निकै सफल मानिएको थियो । 

मेलबोर्नमा विगत १० दिनदेखि कोरोना संक्रमितको संख्यामा लगातार दुई अंकको वृद्धि देखिएको छ । छिमेकी भिक्टोरिया राज्यमा पनि यही अवस्था छ । तर अस्ट्रेलियाका अरु राज्यमा केही हप्तादेखि कोरोना संक्रमितको संख्या नगण्य मात्र छ । 

सरकारले गएको सप्ताहान्तदेखि मेलबोर्नका अति प्रभावित क्षेत्रमा झण्डै २०० सैनिक परिचालन गरेको छ । उनीहरुले कोरोनाभाइरसको परीक्षणमा स्वास्थ्यकर्मीहरुलाई मद्दत गरिरहेका छन् । स्वास्थ्यकर्मीहरु मानिसका घरघरै गएर स्वास्थ्य परीक्षणमा जुटेका छन् । 

अस्ट्रेलियाली सेनाले परीक्षणमा सघाउन शुरुमा एक हजार सैनिक खटाउने घोषणा गरेको थियो । सैनिकलाई विदेशबाट फर्केहरु दुई साताको क्वारेन्टिनमा अनिवार्य बस्नुपर्ने नियमको पालना भए नभएको रेखदेख गर्ने जिम्मेवारी पनि दिइएको छ । तर राज्य सरकारले सेनाको संख्या कटौती गरी २०० मा झारेको छ । 

भिक्टोरियाका प्रधानमन्त्री डानियल एन्ड्रुजले तोकिएको क्षेत्रमा १० दिनभित्र एक लाख व्यक्तिको परीक्षण गर्ने लक्ष्य राखिएको जानकारी दिनुभयो । राज्यका उपस्वास्थ्य प्रमुख अन्नालिस भान डिमिनका अनुसार २४ घण्टामा यहाँ करिब २० हजारको परीक्षण गरिएको छ । 

मेलबोर्नमा कोरोनाभाइरस संक्रमित व्यक्तिको संख्या ह्वात्तै बढेपछि अधिकारीहरु तनाबमा परेका छन् । कतिपय राज्यहरुले भिक्टोरियाका नागरिकको सम्पर्कमा नआउन आग्रह गरिरहेका छन् ।

अस्ट्रेलियामा हालसम्म करिब सात हजार ५०० कोरोना संक्रमित भेटिएका र त्यसमध्ये करिब एकसय चार जनाको मृत्यु भएको थियो । करिब २ करोड ५० लाख जनसंख्या रहेको अस्ट्रेलियाका धेरैजसो स्थान अहिले भाइरसमुक्त भइसकेको विश्वास गरिन्छ । 

कोरोना संक्रमण तिब्र भएसँगै अस्ट्रेलिया सरकारले अन्तर्राष्ट्रिय सीमा र अन्तर्राष्ट्रिय हवाई सेवा बन्द गर्नुका साथै सामाजिक दूरी समेतका आंशिक लकडाउनका उपायलाई कडाईका साथ कार्यान्वयन गरेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सबै कुराका लागि बजेट नै कुर्नुपर्दैन: अर्थमन्त्री वाग्ले टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु रास्वपाले बोलायो सचिवालय बैठक पखेटा घाइते भएको चराबाट हामीले लामो उडानको अपेक्षा गर्न सक्दैनौ: पर्यटनमन्त्री पौडेल फ्री भ्रिसा फ्री टिकट गलत शब्द हो: श्रममन्त्री यादव प्रधानमन्त्रीज्यूको सीमानासँग सम्बन्धित अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाउनुपर्छ भन्ने हाम्रो निरन्तर माग छ: हर्कराज राई सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै विपक्षी प्रतिनिधिसभाको बैठकमा विपक्षी दलहरूको अवरोध कायमै प्रतिनिधि सभाको बैठक जारी दुई बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ५५ वर्षीय व्यक्ति पक्राउ सुनचाँदीको मूल्य घट्यो ११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु