2026-06-18 06:43 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कानून त सबैका लागि बराबर होइन र !

नारायण न्यौपाने।असार  १३, काठमाडौँ । मन्त्रीलाई पर्यो भने मात्रै  साइवरको विषय सम्बोधन हुने कि सामान्य नागरिकका पनि उजुरी  र मर्का हेरिन्छ भनी सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र सुरक्षा निकायसँग सांसदले जिज्ञासा राख्नुभयो । प्रतिनिधिसभा विकास तथा प्रविधि समितिको  शुक्रबारको बैठकमा सांसद रामबहादुर विष्टले माथिल्ला ओहदाका मानिसलाई अप्ठेरोमा पर्दा मात्रै आँखा देख्ने र कान खुल्ने हुनु भएन, कानून त सबैका लागि बराबर होइन र  भनी प्रश्न गर्नुभयो ।

केही दिनअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सहभागी भर्चुअल बैठकमा आकस्मिकरुपमा यौनजन्य तस्वीर देखिएपछि कार्यक्रम  तत्काल नै रद्द गर्नुपरेको र  त्यसबारे छानबिन र अनुसन्धान भइरहेको भन्ने विषय उठेपछि सांसदले साइबर अपराधका घटनाबारे धारणा राख्नुभएको थियो ।

कोभिड–१९ बाट उत्पन्न परिस्थितिले प्रविधिको प्रयोग र माग ह्वात्तै बढेसँगै दुरुपयोगका घटनापनि बढिरहेका बताउँदै सांसदले युटुबलगायत सामाजिक सञ्जाललाई व्यवस्थित तुल्याउन अत्यन्त जरुरी रहेको धारणा राख्नुभयो । मुलुकमा धेरै मानिस साइबर अपराधबाट पीडित रहेकाले उनीहरुले भोग्नुपरेको दुःख र कष्टको तत्काल सुनुवाइ हुने संयन्त्र बनाएर न्याय दिने काम गर्नुपर्ने उहाँहरुको सुझाव थियो ।

सांसदको प्रश्नको जवाफमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका निमित्त सचिव राधिका अर्याल, नेपाल दूरसञ्चार प्राधिकरणका प्रबन्ध निर्देशक पुरुषोत्तम खनालले सामाजिक सञ्जाललाई व्यवस्थित तुल्याउन तथा भर्चुअल बैठकलाई शुद्धता कायम गर्न कोसिस भए पनि प्रभावकारी कानूनको अभावमा साइबर अपराधबाट पीडित प्रताडित हुनु परिरहेको बताउनुभयो ।

बलियो कानून, प्रविधि र आवश्यक पूर्वाधारको अभावमा प्रविधिको दुरुपायोग गरी शोषण, ब्लाकमेल, ठगी, अवहेलना, फिरौती र चरित्रहत्या जस्ता घटना भइरहेका छन् । नेपाल प्रहरी साइबर अनुसन्धान ब्यूरोका वरिष्ठ उपरीक्षक नविन्द अर्यालले सामाजिक सञ्जालको दुरुपयोग र इन्टरनेट ह्याकिङक घटना बढिरहेको जानकारी दिँदै युटुबलाई तत्कालै नियमन गर्न अत्यन्त जरुरी रहेको बताउनुभयो ।

प्रविधिको प्रयोग विकास कि विनाशमा

सांसद बहादुरसिंह लामाले इन्टरनेटलगायत प्रविधि विकासमा भन्दा विनाशमा बढी प्रयोग हुन लागेकाले त्यसको रोकथामका लागि प्रभावकारी कानून र संयन्त्रको खाँचो औँल्याउनुभयो । सांसद गणेश पहाडीले भन्नुभयो, “सरकारले स्थानीय तहमा उच्च क्षमताको इन्टरनेट सेवा पु¥याउने भने पनि पहुँच विस्तार हुन नसक्दा लकडाउनको समयमा कक्षा सञ्चालनमा कठिनाइ उत्पन्न भएको छ, सामाजिक सञ्जालको दुरुपयोग रोक्न नीतिगत र कानूनी व्यवस्था गरिनुपर्छ ।”

समितिका सदस्य गौरीशङ्कर दासले डिजिटल फ्रेम वर्करलाई राष्ट्रिय गौरवको आय अयोजनाको रुपमा राखिए पनि त्यसको विस्तार किन सुस्त छ भन्दै नियन्त्रण गर्न सकिने प्रविधिको मात्र प्रयोग गर्ने व्यवस्था गर्न सुझाव दिनुभयो । सो अवसरमा केही सदस्यले साइबरसम्बन्धी विषय विद्यालयका पाठ्यक्रममै समावेश गर्न र इन्टरनेश सेवा प्रदायकलाई अनुमति दिँदाकै बखत नियमन गर्ने बाध्यात्मक व्यवस्था मिलाउन आवश्यक छ भन्नुभयो ।

आधिकारिक इमेल र वेबसाइटबाट मात्र प्रयोग गरौँ

यसैबीच, सामाजिक सञ्जालको दुरुपयोग, साइबर अपराध र विद्यालयमा इन्टरनेश सेवा विस्तारका सम्बन्धमा उठेको प्रश्नलाई सम्बोधन गर्न समितिले एप्स तथा सामाजिक सञ्जालको सुरक्षा, गोपनीयता र उपयोगीताको पुष्टिपछि मात्रै डाउनलोड गर्न सकिने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ ।

सरकारी वेबसाइट अनिवार्य अडिट गर्न र सरकारी डोमेन नेभ निजी क्षेत्रबाट दर्ता हुँदै आएकोमा त्यसलाई रोक्न तथा स्थानीय तहमा विद्यालयलगायत संरचनामा  इन्टरनेट सेवा उपलब्ध गराउने कार्यक्रम प्रभावकारी कार्यान्वयन गर्न पनि सरकारलाई समितिले निर्देश गरेको छ । सरकारी काजगपत्र, सूचना र जानकारी अनाधिकृतरुपमा दुरुपयोग हुने गरेकाले आधिकारिक इमेल र वेभसाइटबाट मात्र प्रयोग हुने व्यवस्था मिलाउन समितिले सरकारलाई सुझाव दिएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सबै कुराका लागि बजेट नै कुर्नुपर्दैन: अर्थमन्त्री वाग्ले टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु रास्वपाले बोलायो सचिवालय बैठक पखेटा घाइते भएको चराबाट हामीले लामो उडानको अपेक्षा गर्न सक्दैनौ: पर्यटनमन्त्री पौडेल फ्री भ्रिसा फ्री टिकट गलत शब्द हो: श्रममन्त्री यादव प्रधानमन्त्रीज्यूको सीमानासँग सम्बन्धित अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाउनुपर्छ भन्ने हाम्रो निरन्तर माग छ: हर्कराज राई सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै विपक्षी प्रतिनिधिसभाको बैठकमा विपक्षी दलहरूको अवरोध कायमै प्रतिनिधि सभाको बैठक जारी दुई बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ५५ वर्षीय व्यक्ति पक्राउ सुनचाँदीको मूल्य घट्यो ११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु