2026-06-18 06:43 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘भाइरस रिमुभिङ कार्ड’ प्रयोग मुटु, फोक्सो र कलोजोको लागि खतरनाक

असार १३, काठमाडौँ | स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि ‘भाइरस रिमुभिङ कार्ड’ प्रयोग नगर्न सबैमा आग्रह गरेको छ । 

अहिलेसम्म कोभिड–१९ को सङ्क्रमण रोक्न यस्तो कार्ड नबनेकाले त्यसको प्रयोग नगर्न मन्त्रालयले सबैमा आग्रह गरेको हो । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले केही प्रतिष्ठित व्यक्तिले नै कोभिड–१९ सर्दैन भनेर भाइरस रिमुभिङ कार्ड प्रयोग गरेकाले त्यसो नगर्न आग्रह गर्नुभएको हो । उहाँले त्यस किसिमको कार्डलाई सरकारले स्वीकृत नदिएकाले भ्रममा नपर्न समेत अनुरोध गर्नुभएको छ । 

उहाँले जनताको भावनालाई बहकाएर व्यक्तिगत स्वार्थका लागि जनस्वास्थ्यमाथि खेलबाड हुने गरी यस्तो किसिमका गतिविधि गर्नेलाई कानूनी दायरमा ल्याई कारवाही प्रक्रिया अगाडि बढाउने जानकारी दिनुभयो । “भाइरस रिमुभिङ कार्ड पत्ता लागेको र यो घाँटीमा लगाउने बित्तिकै कोभिड– १९ लाग्दैन भन्ने भ्रम सिर्जना भएको विषयप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ”, मन्त्रालयका प्रवक्ता गौतमले भन्नुभयो, “यस किसिमको भाइरस रिमुभिङ कार्ड पत्ता लागेको छैन । कोभिड–१९ रोक्न यस्तो किसिमको विधि र प्रक्रिया नै शुरु नभएको व्यहोरासमेत जानकारी गराउँछौँ ।” 

उहाँले कोभिड–१९ सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि विश्वका वैज्ञानिक रातदिन विभिन्न खोज गरिरहेकाले त्यो खोज पत्ता लाग्ने बित्तिकै स्वास्थ्य मन्त्रालयलाई जानकारी हुने खालका विज्ञहरुको संयन्त्रसमेत रहेको जानकारी दिनुभयो । उहाँले भाइरस रिमुभिङ कार्डका नाममा कसैले कार्ड बनाउने वा विदेशबाट ल्याउने व्यापार गर्ने प्रयोगका लागि बजारमा उपलब्ध गराउने र समाजका प्रतिष्ठित व्यक्तिको घाँटीमा विभिन्न तरिकाले झुन्याउने र प्रचारबाजी गर्ने देखिएकामा मन्त्रालय चिन्तित रहेको बताउनुभयो । 

उहाँले त्यस किसिमका कार्डमा प्रयोग भएको रसायनले मुटु, फोक्सो, कलोजो लगायतका अङ्गमा असर गरी स्वास्थ्यमा गम्भीर असर पार्ने समेत बताउनुभयो । 

मन्त्रालयका प्रवक्ता डा गौतमले कोभिड–१९ को बेला विभिन्न व्यक्ति र समूहले निहित स्वार्थमा रहेका र विभिन्न भ्रम गर्ने/गराउने जस्ता कार्य गरिरहेकाले सचेत रहनसमेत सबैमा आग्रह गर्नुभयो । “भाइरस रिमुभिङ कार्ड विधिको प्रयोग भएको भए अहिले विश्वभर यति धेरै कठिनाइ हुँदैनथ्यो होला । यस्तो किसिमको विधिको खाँचो सबैलाई छ”, उहाँले भन्नुभयो, “यस्तो विधि प्रभावकारी पाइएमा मन्त्रालयमा दर्ता भई प्रक्रियाअनुसार सरकारले आफै उपलब्ध गराउनेछ ।”

उहाँले कोभिड–१९ को यस्तो समस्या परेको बेला समाजमा विभिन्न व्यक्तिले आफ्ना लागि अवसर खोज्ने गरेको उल्लेख गर्दै विश्वव्यापी महामारीका रुपमा रहेको कोभिड–१९ विरुद्ध सबै एकजुट भई जिम्मेवार नागरिकको भूमिका निर्वाह गरे यसलाई पनि परास्त गर्न सक्ने बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सबै कुराका लागि बजेट नै कुर्नुपर्दैन: अर्थमन्त्री वाग्ले टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु रास्वपाले बोलायो सचिवालय बैठक पखेटा घाइते भएको चराबाट हामीले लामो उडानको अपेक्षा गर्न सक्दैनौ: पर्यटनमन्त्री पौडेल फ्री भ्रिसा फ्री टिकट गलत शब्द हो: श्रममन्त्री यादव प्रधानमन्त्रीज्यूको सीमानासँग सम्बन्धित अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाउनुपर्छ भन्ने हाम्रो निरन्तर माग छ: हर्कराज राई सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै विपक्षी प्रतिनिधिसभाको बैठकमा विपक्षी दलहरूको अवरोध कायमै प्रतिनिधि सभाको बैठक जारी दुई बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ५५ वर्षीय व्यक्ति पक्राउ सुनचाँदीको मूल्य घट्यो ११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु