२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

चन्द्रविनायक मन्दिर क्षेत्रको जग्गामा रजाइँ

२०७७, १४ असार आईतवार ०४:४५

पूर्णप्रसाद मिश्र। असार १४, काठमाडौँ । पशुपति क्षेत्र भित्र पर्ने काठमाडौँ महानगरपालिका–७ चावहिलस्थित गणेशस्थानको जग्गा केही व्यक्तिको समूहले वर्षौँदेखि उपयोग गर्दै आएको छ । गणेशस्थान चौरसमेत भनिने करिब तीन चार रोपनी जग्गामा १०० वटा पसल बनाएर चन्द्रविनायक पार्क व्यवस्थापन समाजले भाडा उठाउँदै आएको छ । विसं २०५४ देखि गैरसरकारी संस्थाका रुपमा स्थापना भएको समाजले मन्दिरको जग्गा उपयोग गर्दै आएपनि पशुपति क्षेत्रका मठमन्दिर र तिनका नाममा भएको जग्गाको संरक्षण गर्ने कानूनी अधिकार पाएको पशुपति क्षेत्र विकास कोषको भने यसतर्फ ध्यान नै नगएको स्थानीयवासीको गुनासो छ ।

पार्क व्यवस्थापन समाजमा चावहिलका स्थानीयवासीले समेत सदस्यता पाउँदैनन् । समाजका अध्यक्ष अजव श्रेष्ठ २०५४ साल अघि त्यो जग्गामा रुख रोप्ने ८५ जनामात्र समाजको सदस्य रहन सक्ने विधान रहेको स्वीकार्नु हुन्छ । जुन प्रावधान सङ्घसंस्था ऐन २०३४ विपरीत रहेको स्थानीयवासीको भनाइ छ । पार्क व्यवस्थापन समाज नामाकरण गरिएपनि यहाँ कुनै उद्यान छैन । ८५ वटा रुख रोपेर ८५ जना सदस्य रहेको भनिए पनि हाल यहाँ त्यति सङ्ख्यामा रुखसमेत छैन । वरिपरि पसल बनाइएको चौरको बीचमा स्थानीय युवाले फूटबल खेल्ने गरेका छन् । 

उद्यानका नाममा संस्था खोलेर १०० वटा पसल व्यवस्थापनमा काम गरेको देखिँदा समेत सरोकार भएका कुनै निकायको पनि ध्यान गएको छैन । तरकारी व्यवसायीलाई ५० र कपडा व्यवसायीलाई ५० वटा पसल मासिक भाडामा दिइएको छ । तरकारीलाई दिइएको एउटा पसलको मासिक रु एक हजार ५०० र कपडालाई भाडामा दिइएको एउटा पसलको मासिक रु ९०० भाडा लिने गरिएको पनि उहाँले बताउनुभयो । यही जग्गाको व्यवस्थापनका लागि खुलेको संस्थासँग कति जग्गा छ भन्ने समेत जानकारी छैन । अध्यक्ष श्रेष्ठ आफू दुई वर्ष अघिमात्र निर्वाचित भएकाले खोजी गर्नुपर्ने बताउनुहुन्छ । केही दिनमा जग्गाको वास्तविक क्षेत्रफल खोजी गर्ने प्रतिबद्धता उहाँले जनाउनुभयो । गणेशस्थानको चौरका जग्गा वरिपरिबाट मिचिएको भनिएपनि कसले कति मिचे भन्ने खोजी समेत समाजले नगरेको स्थानीयवासी बताउँछन् ।

मासिक रु ४८ हजार फोहर व्यवस्थापन गरेवापत् परिवर्तन नेपाल नामक कम्पनीलाई दिने गरेको समाजले बताए पनि कम्पनीको सम्पर्क नं. दिन भने यसका पदाधिकारीले अस्वीकार गरेका छन् । समाजको कार्यालयमा राखिएका चार जना कर्मचारीलाई पनि यसैबाट तलब दिने गरिएको छ । आफ्नै टोलमा रहेको मन्दिर क्षेत्रको व्यवस्थापनमा काम गर्ने संस्थाको सदस्यता लिन खोज्दा पाउन नसकेको स्थानीयवासी रमेश डङ्गोलले गुनासो गर्नुभयो । पसलको भाडाबाट उठेको रकम केही वर्ष अघिसम्म काठमाडौँ महानगरपालिका ७ नं. वडा कार्यालय, श्री चन्द्रविनायक तथा श्री भैरवनाथ भजन मण्डल समिति र समाजको नाममा गरी तीन भाग लाग्ने गथ्र्यो । हाल भने वडा कार्यालय दिन बन्द भएको छ । वडा कार्यालयलाई यहाँबाट उठेको रकम दिँदा दुई भाग थपेर विकास निर्माणको काम गर्नुपर्ने गरी पहिले सम्झौता भएको जनाइएको छ ।

भजन मण्डललाई चन्द्रविनायक जात्रा व्यवस्थापनका समयमा मात्र बजेट दिने गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । हाल महानगरपालिका वडा नं. ७ का अध्यक्ष शुद्धकुमार डङ्गोल १० वर्षसम्म समाजको अध्यक्ष बन्नुभएको जनाइएको छ । हालसम्म वडा अध्यक्ष डङ्गोलले नै सबैभन्दा बढी अध्यक्षको कार्यकाल पूरा गर्नुभएको समाजले जनाएको छ । स्थानीयवासीले वरिपरिबाट गणेशस्थान चौर मिच्न थालेपछि विसं २०५४ मा वडा कार्यालयको समेत सक्रियतामा समाज स्थापना गरिएको वडा अध्यक्ष डङ्गोल बताउनुहुन्छ । आफूले त्यस बेला वडा सदस्यका रुपमा सक्रिय रुपमा काम गरेको उहाँले सुनाउनुभयो । कोषले मन्दिर क्षेत्रको जग्गा संरक्षण गर्न नआएकैले त्यसबेला स्थानीयवासी सक्रिय भई संस्था खोलेर काम गरेको अध्यक्ष डङ्गोलले सुनाउनुभयो । कोषका सदस्य सचिव डा प्रदीप ढकाल त्यस विषयमा केही स्थानीयवासीको गुनासो समेत आएकाले थप बुझ्ने बताउनुहुन्छ ।

चन्द्रविनायक मन्दिर उपत्यकाका चार गणेशमध्येको एक भएकाले यसको धार्मिक महत्व छ । यहाँ प्रत्येक हप्ताको मङ्गलबार हजारौँ भक्तजनको भीड लाग्ने गर्छ । घाउ, खटिरा आएका मानिसले यहाँ आई पूजा आराधना एवं दर्शन गरेमा त्यस्ता रोग ठिक हुने धार्मिक विश्वास छ । उमेर पुग्दा पनि बोली नफुटेका बच्चालाई समेत यहाँ ल्याई दर्शन गराइन्छ । गणेशलाई विघ्न विनाशकका रुपमा समेत पूजिने भएकाले पनि धेरै भक्तजनको भीड लाग्ने गरेको हो ।

भूकम्पले क्षतिग्रस्त मन्दिरको हाल पुनःनिर्माण भइरहेको छ । कोरोना भाइरसको सङ्क्रमण फैलिएपछि चैत ११ गतेदेखि मन्दिर क्षेत्र दर्शनार्थीका लागि बन्द गरिएको छ । नित्य पूजा भने भइरहेको जनाइएको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार