२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फरार प्रतिवादी २२ वर्षपछि पक्राउ

१६ असार २०७७, मंगलवार १३:५५

असार १६, दमौली । सवारी ज्यान मुद्दामा अदालतबाट कैद फैसला भई फरार  एक प्रतिवादी २२ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा तनहुँको शुक्लागण्डकी नगरपालिका–३ बस्ने लक्ष्मण श्रेष्ठ  छन् ।

श्रेष्ठलाई उनकै घरबाट आज पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । एक वर्ष कैद भुक्तान गर्न बाँकी रहेकाले उनलाई जिल्ला अदालत तनहुँमा पेश गरिएकामा अदालतले जिल्ला कारागार कार्यालय पठाएको छ ।

निजलाई सवारी ज्यान मुद्दामा विसं २०५५ असार १४ गते चितवन जिल्ला अदालतले एक वर्ष कैदको सजाय तोकेको थियो । 

गाँजासहित पक्राउ

प्रहरीले तनहुँको आँबुखैरेनी गाउँपालिका–४ पुलजीपबाट गाँजासहित चार युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कास्कीको रुपा गाउँपालिका–५ बस्ने २४ वर्षीय मुस्कान पङ्गेनी र  २५ वर्षीय तेजबहादुर गुरुङ तथा पोखरा महानगरपालिका–३२ बस्ने २२ वर्षीय रुपेश गुरुङ र २३ वर्षीय आकाश गुरुङ रहेको प्रहरीले जनाएको छ ।

मुग्लिनबाट आँबुखैरेनीतर्फ आउँदै गरेको ग १५ प ६६४० नं को मोटरसाइकल जाँच गर्ने क्रममा पङ्गेनी र तेजबहादुरलाई खानतलासी गर्दा प्रहरीले निजका साथबाट दुई किलो तीन सय ग्राम अवैध गाँजा बरामद गरेको छ । प्र्रहरीले उक्त लागुऔषध  ओसारपसार एवं सञ्चयसमेतको कारोवार गर्ने रुपेश र आकाशलाई समेत पक्राउ गरी आज जिल्ला अदालतबाट म्याद थप लिएर थप अनुसन्धान भइरहेको जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो