2026-09-13 07:39 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फरार प्रतिवादी २२ वर्षपछि पक्राउ

असार १६, दमौली । सवारी ज्यान मुद्दामा अदालतबाट कैद फैसला भई फरार  एक प्रतिवादी २२ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा तनहुँको शुक्लागण्डकी नगरपालिका–३ बस्ने लक्ष्मण श्रेष्ठ  छन् ।

श्रेष्ठलाई उनकै घरबाट आज पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । एक वर्ष कैद भुक्तान गर्न बाँकी रहेकाले उनलाई जिल्ला अदालत तनहुँमा पेश गरिएकामा अदालतले जिल्ला कारागार कार्यालय पठाएको छ ।

निजलाई सवारी ज्यान मुद्दामा विसं २०५५ असार १४ गते चितवन जिल्ला अदालतले एक वर्ष कैदको सजाय तोकेको थियो । 

गाँजासहित पक्राउ

प्रहरीले तनहुँको आँबुखैरेनी गाउँपालिका–४ पुलजीपबाट गाँजासहित चार युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कास्कीको रुपा गाउँपालिका–५ बस्ने २४ वर्षीय मुस्कान पङ्गेनी र  २५ वर्षीय तेजबहादुर गुरुङ तथा पोखरा महानगरपालिका–३२ बस्ने २२ वर्षीय रुपेश गुरुङ र २३ वर्षीय आकाश गुरुङ रहेको प्रहरीले जनाएको छ ।

मुग्लिनबाट आँबुखैरेनीतर्फ आउँदै गरेको ग १५ प ६६४० नं को मोटरसाइकल जाँच गर्ने क्रममा पङ्गेनी र तेजबहादुरलाई खानतलासी गर्दा प्रहरीले निजका साथबाट दुई किलो तीन सय ग्राम अवैध गाँजा बरामद गरेको छ । प्र्रहरीले उक्त लागुऔषध  ओसारपसार एवं सञ्चयसमेतको कारोवार गर्ने रुपेश र आकाशलाई समेत पक्राउ गरी आज जिल्ला अदालतबाट म्याद थप लिएर थप अनुसन्धान भइरहेको जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले